arrow

बरिष्ठ नेता पौडेल पोर्चुगलमा

logo
भरत प्रधान,
प्रकाशित २०७५ असोज ४ बिहिबार
poudel-portugle.jpg

लिस्बन। युरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आईपगेका छन् ।  लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार सांझ पोर्चुगल आईपुगेका हुन् ।

नेता पौडेललाई लिस्बन स्थित अन्र्तराष्ट्रिय बिमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अबैतनिक बाणिज्यदूत मकर बहादुर हमाल, एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की लगायत संघसंस्थाका प्रतिनिधी एवं कांग्रेस कार्यकर्ताले स्वागत गरेका थिए ।

पौडेलले बिहीबार नेपाली जनसम्पर्क समिति पोर्चुगलले आयोजना गरेको नेपालमा संघियताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका बिषयक अन्र्तक्रियालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

दुई दिने पोर्चुगल बसाइपछि उनि जनसम्पर्क समिति स्पेनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नेता पौडेल स्वीजरल्याण्ड, जर्मनी र नेदरल्याण्डमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गरेर २६ सेप्टेम्बरमा स्वदेश फर्कनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ