arrow

प्रधानमन्त्री ओली नयाँदिल्लीमा, विदेशमन्त्री स्वराजले यसरी गरिन् स्वागत

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
oli-and-swaraj.jpg.jpeg
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली भारतको छदिने राजकीय भ्रमणका सिलसिलामा आज अपराह्न  दिल्ली आइपुगेका छन् । प्रधानमन्त्री  ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन् । प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी, नयाँदिल्ली स्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन् । 
 
प्रधानमन्त्री ओली विश्रामका निम्ति अहिले राष्ट्रपति भवनमा राखिएको छ । प्रधानमन्त्री  भारतमा रहँदा राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको छ  । छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले आजै साँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ