arrow

कुकुरको नाममा २१ करोड रुपैयाँ

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
dog1.jpg

एजेन्सी । इटालीकि एक महिलाले आफ्नो संम्पूर्ण सम्पत्ति करिव २१ करोड रुपैयाँ  (२० लाख यूरो) आफ्नो प्यारो कुकुरको नाममा गरिदिएको खुलासा गरेकि छिन्।

८७ वर्षीय महिलाले आफ्नो छोरी र नाती-नातिनिहरुसँग कसार्टा शहरमा बस्तै आएकिछिन्। उनले आफ्नो वारिसनामामा लेखेकी छन कि 'उनको मृत्यु पछि बंकर प्रजातिको कुकुर 'किक्को'  घर-जग्गा, घडेरी र बैंक खाताको मालिक बन्‍ने छ'।

वृद्ध महिलाको वकील लूसिया एस्पोसिटोका अनुसार उनले आफ्नो पतिको मृत्यु लगतै यो निर्णय लिएको र आफ्नो हातैले वारिसनामामा हस्ताक्षर गरेकी हुन्। यस निर्णयको घोषणा गत शनिवार महिलाको  निजी निवासमा भएको थियो।

इटालीको कानुन अनुसार घरपालुवा जनावरहरुलाई सम्पत्तिको वारिस बनाउने कुनै कानुनी आधार छैन।त्यसैले जो व्यक्ति आफ्नो पाल्तु जनावरहरुलाई सम्पत्तिको वारिस बनाउन चाहन्छन् उनिहरुले सरकारी निकायका कर्मचारीलाई आफ्नो सम्पत्तिको रेखदेखको रुपमा नियुक्त गर्नु पर्ने कानुनी प्रावधान रहेको छ।

त्यसैले वकील लूसिया एस्पोसिटोले यो जिम्मेवारी पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ