arrow

छोरीलाई दाईजो : १३ सय ८० करोड, बन्यो रेकर्ड !

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
china-dowry-worth-rupees-869crores.jpg

काठमाडौं । चीनका व्यापारी टाइकुन वू रुईबाओले आफ्नी छोरीलाई दाईजोमा १३ सय ८० करोड रुपैयाँ बराबरको सम्पत्ति दिएर रेकर्ड बनाएका छन् । टायलका ब्यापारी टाइकुनले दाईजोको रुपमा यति ठूलो धनराशी दिएर एक रेकर्ड बनाएका हुन् ।

यो धन राशीमा ठूलो मात्रामा सुन, मर्सिडज कार, टाइकुनको कम्पनीको शेयर लगायत समावेश भएको बताइएको छ । यो बाहेक उनले आफ्नी छोरीलाई एक बैंक खाता समेत खोलिदिएका छन् ।

जसमा २८ करोड ३५ लाख रुपैयाँ बराबर र कम्पनीको तर्फबाट ५० लाख कित्ता शेयर समेत जम्मा गरिदिएको जनाइएको छ । उक्त शेयरको मूल्य १ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबर हुने जनाइएको छ ।

त्यस्तै उपहारका रुपमा चीनको ग्वाङ्जाउस्थित रिटेल स्टोर लगायत समावेश छन् । टाईकुनकी छोरीले आफ्नो बालापनको साथी जूसँग बिवाह गरेकी हुन् ।

जू एक सामान्य कर्मचारी हुन् । सन् २०१३ मा सम्पन्न टाईकुनको छोरीको विवाह उत्सव ८ दिनसम्म चलेको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ