arrow

काँग्रेस विधानको बारेमा देउवाको दुई दाउ

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
sher-deuba.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको नजिक आउँदा संस्थापन पक्ष र बरिष्ठ नेता शेर बहादुर देउवा पक्ष दुवै बिभिन्न दाउ खेल्ने क्रममा छन्। काँग्रेसमा रामचन्द्र पौडेल, शेर बहादुर देउवा, कृष्ण सिटौला, कुल बहादुर गुरुङ, सुजाता कोइराला सभापतिका आकांक्षी देखिएका छन् भने महामन्त्रीमा पनि गगन थापा, सशांक कोईराला, अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, शेखर कोइराला लगायत उम्मेद्वार हुने बारेमा चर्चा छ। 
 
देउवा- पौडेलको एक अर्कालाई संसदिय दलको नेता बन्ने प्रस्ताव दुवैले नकारेको स्थितीमा सिटौलाले पनि पौडेलको संसदीय दलको प्रमुख बन्ने प्रस्ताव लत्याएका छन्। पौडेल र देउवा दुवै आफ्नो टिम मिलाउन लाग्दै गर्दा अर्का उमेद्वार सिटौला पनि टीम बनाउन लागिपरेका छन्। गुरुङ भने पूर्वमन्त्रीहरु गोविन्दराज जोशी र विनयध्वज चन्दलाई लिएर पूर्वतिर हानिएका छन्। यसक्रममा काँग्रेसको आन्तरिक पार्टी राजनिती निकै नै तातिएको छ भने आन्तरिक राजनीतिमा विधानको कुराले पनि धेरै चर्चा पाएको छ।   
 
यसै क्रममा संस्थापन पक्षले पदाधिकारी थप्न काँग्रेसको बिधान संसोधन गर्ने प्रस्ताव देउवाले ठाडै अस्विकार गर्दै आएका छन्। संस्थापन पक्ष भने कुनै पनि हालतमा विधान संसोधन गर्ने मुडमा छ। विधान संसोधनको प्रस्ताव ११ फागुनमा हुने केन्द्रीय समितिको बैठकमा चर्को वहशको बिषय बन्ने भएको छ। सो वैठकमा विधान संसोधनको कुरा कूनै पनि हालतमा पास गराउने पक्षमा संस्थापन पक्ष छ भने देउवा पक्ष कुनै पनि हालतमा रोक्ने पक्षमा छ। यदि संस्थापन पक्षले बहुमतले पास गरेमा महाधिवेशनमा नेतृत्वको चुनाव हुनुअघी नै विधानमाथि मतदान गराउने अवस्थामा देउवा पक्षले पुर्‍याउन सक्छ। सो अवस्थामा विधान पास हुन नदिने एक विकल्प हुन सक्छ भने अर्को विकल्प ५१% महाधिवेशन प्रतिनिधीले विधान पारित गरेको अवस्थामा कसरी संस्थापन निकटका आकाँक्षीहरुलाई आफ्नो टीममा तान्ने भन्ने रणनीति अन्तर्गत केहिलाई देउवाले आफ्नो टीमबाट संसोधित विधान अनुसारको थपिएको पदाधिकारीमा उमेद्वार बनाउन सक्छन। देउवाको आकस्मिक रुपमा अपनाउने रणनीति अन्तर्गत यसमा को को उमेद्वार हुन सक्छन र संस्थापनको को को आकाँक्षी आउन सक्छन भनेर उनीहरुको नामावली तयार गरेर राखिएको छ। 
 
बिधान संसोधनको कुरालाई रोक्न सके केहिलाई महाधिवेशन पछि तुरुन्तै केहि महिनाभित्रै महासमितिको वैठक बोलाएर विधान संसोधन गर्ने र निर्वाचित केन्द्रीय सदस्यहरुलाई मनोनित पदाधिकारीमा ल्याउने प्रस्ताव देउवाले केही पदाधिकारी आकांक्षीहरुलाई बाँडेका छन्। यसका लागि संस्थापन पक्षका पदाधिकारी आकाँक्षीहरुलाई पनि देउवा पक्षले विभिन्न माध्यमबाट सो कुरा लागू गराउने रणनीति बनाएको छ। 
 
आफुले सभापति जित्ने बित्तिकै महासमिती बैठक बोलाई उक्त बैठकबाट बिधान संसोधन गरि पदाधिकारी थप्ने कुरा पनि उनले भित्रियाहरुसँग गर्न थालेका छन्। महासमिती बैठकबाट दुई तिहाईले मात्र बिधान संसोधन गर्न सक्ने प्रावधान हुँदा उक्त प्रस्तावमा संस्थापनका पदाधिकारीका आकांक्षीहरुलाई समेत सहभागि गराउने रणनीति देउवा पक्षको छ। तर आकाँक्षीहरु भने देउवाको दोस्रो प्रस्तावप्रति भने संसकित रहेको पनि श्रोतले बताएको छ। 
 
बिधान संसोधन गर्ने र त्यसबाट उपसभापति र सह महामन्त्री पद थप्नेमा संस्थापन पक्ष छ। देउवा रोक्न चाहेका छन्। बनाउनै पर्‍यो भने महासमितिमा पु्ग्ने उनको प्रस्ताव आउने छ। उनले महाधिवेशन फेस गर्ने र महासमितिमा लैजाने दुईवटा दाउ ११ गतेको वैठक अगाडी कसरी आउनेछ त्यो भने हेर्न बाँकी छ। सकेसम्म संस्थापनको फुट र आफ्नो तर्फबाट 'उधारो' आश्वासन दिएर पनि देउवा विधानमा दुईवटा दाउ खेलिरहेको काँग्रेस बुझेकाहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ