arrow

अहिलेका प्रधानमन्त्रीकाे चाला : जनतासँग गरेको बाचा पूरा नगर्ने, प्रतिपक्षलाई दोष लगाउने (कुराकानी)

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
romi.JPG

पूर्वमन्त्री तथा कांग्रेस नेता रोमी गौचनले विकेन्द्रिकरणको सिद्धान्त विपरित सम्पूर्ण अधिकार आफ्ना वरिपरी राखेकैले अहिले अन्योलता सिर्जना भएको बताएका छन्  । उनले याे अन्याे प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिर्जना गरेको बताए । याे अन्योलताले विकास र समृद्धिको बाटो अवरोध भएको गौचनको धारणा छ । हामीले गाैचनसँग संक्षिप्त कुरा गरेका छाैँ ।

० सरकारको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
– वर्तमान सरकार तीनवटा सुवर्ण अवसरबाट चुकेको मलाई आभास भएको छ । प्रथमः सहुलित प्राप्त बहुमतबाट सिर्जित सरकार र उपेन्द्रजीको संघीय समाजवादी फोरमले सरकारमा सहभागिता जनाएपछि दुईतिहाइ बहुमत प्राप्त सरकार छ । एमाले र माओवादीबीच एकीकरण भयो, त्यसपछि दुईबाहेक छ वटा प्रदेशमा उहाँहरुको सरकार छ । स्थानीय सरकारमा पनि उहाँहरुको वर्चश्व छ । नेपाली कांगे्रसजस्तो उदारवादी प्रतिपक्षी संसदमा छ । सरकारलाई धेरै अवरोध गर्नु हुँदैन भन्ने मान्यता कांगे्रसमा छ । सरकारले त्यसबाट फाइदा लिएर जनतालाई समृद्धिको बाटोमा लैजानु पर्ने थियो । शान्ति सुरक्षामा चनाखो हुनुपर्ने हो, विकासले गति लिनुपर्ने हो, संविधानप्रति इमान्दार भएर हिड्न खोजेको भए यस अवधिमा धेरै सकरात्मक परिणाम देखिन थाल्थो ।

० प्रतिपक्षीले असहयोग गर्‍यो भनेर प्रधानमन्त्रीले भनिराख्नु भा छ  ?
– जीवनमा पराजित नभएको म मुस्ताङमा पहिलो पटक पराजित भएँ । पराजित हुनुमा विभिन्न कारणहरु थिए । लोकतान्त्रिक अभ्यास र उदार प्रजातन्त्रवादीका नाताले उजुरी र पुनरावेदन गर्ने ठाउँ प्रशस्त हुँदा पनि निर्वाचनलाई मैले सहर्ष स्वीकार गरें ।

जसरी निर्वाचनको घोषणापछि सफलता प्राप्त गर्नुभएको माननीयज्यूलाई बधाई दिएँ, जे कारणले हारें पनि मैले चुनाव हारें । त्यस्तै प्रसँगमा प्रधानमन्त्रीले जनताका माँझ बाँडेको सपना पूरा गर्न प्रतिबद्ध भएर लाग्नुभएको भए यो अवस्था आउँदैन थियो । त्यतातिर उहाँको ध्यान गएको छैन । ध्यान अन्तै मोडेर अदालतमा हस्तक्षेप गर्ने, अधिकार विकेन्द्रिकृत नगर्ने, अख्तियार अधिकारसमेत संकुचन गर्दै लैजाने । अन्य मन्त्रालयको अधिकारसमेत प्रधानमन्त्रीको सेरोफेरोमा राख्ने ।

दुई तिहाईको विजयबाट प्रधानमन्त्री उन्मादतिर जानु भयो । जनताप्रति उहाँ गम्भीर हुनुभएन । उहाँले कांगे्रसको जनमतलाई गणना गर्न बिर्सनु भयो । प्रधानमन्त्री भएको पहिलो दिनदेखि उहाँका जिल्लामा कांगे्रस कार्यकर्ता खेद्ने, आफूलाई भोट नहाल्नेलाई दुःख दिने, निरुत्साही गरियो । सिंहदबारको अधिकार गाउँमा लैजान्छु भनेर संघीयता लागू गर्ने, मर्मविपरित सम्पूर्ण अधिकार चाहिँ आफ्नो वरिपरी राख्ने ? यसले अन्योलता सिर्जना गर्‍यो । यो अन्योलताले विकास र समृद्धिको बाटो अवरोध हुन पुग्यो । जनतासँग गरेको प्रतिबद्धता परिपूर्ति गर्न नसक्ने अनि प्रतिपक्षलाई दोष लगाउने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ