arrow

स्कुल–स्कुलमा पढाउदै प्रहरी

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज ४ बिहिबार
police-education.jpg

पाल्पा । इलाका प्रहरी कार्यालय रामपुरले विद्यार्थीलाई केन्द्रित गर्दै स्कुल–स्कुलमा लागुऔषध दुव्र्यसन बिरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

यसैबिच रामपुर नगरपालिका वडा नम्बर २ मा रहेको कृष्णादेवी माबिका विद्यार्थीलाई नेपाली समाजको प्रमुख बिकृती, बिसंगती, गम्भीर प्रकृतीको दुव्र्यसन र अपराधको रुपमा रहेको लागु औषधलाई समाजबाट नियन्त्रण तथा न्यूनीकरण गर्ने अभियानलाई जोड दिदै बिधार्र्थीलाई प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयका कक्षा ८, ९ र १० मा अध्यनरत करिव १ सय २० जना बिधार्थीहरु सहभागी कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले  लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न गर्छन् ? लागु औषध सेवन पश्चातका लक्षणहरु, कुलतमा फसेकाहरुलाई सुधार गर्न सकिने उपाँय साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित कानून र सजायंको व्यबस्था बारेमा जानकारी दिएका थिए ।

लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, बिद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित गरि प्रशिक्षण दिइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक पाण्डेले बताए । ईलाका प्रहरी कार्यालय रामपुरको अयोजनामा भएको कार्यक्रममा बिद्यालयका विद्यार्थी सहित बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभाबक संघ साथै शिक्षकहरु र विद्यार्थीका अभिभावकको समेत सहभागीता रहेको थियो ।

झण्डै १२-१५ बर्ष उमेरदेखि नै युवाहरु लागुपदार्थको दुव्र्यसनीमा फस्ने गरेकोले बिद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको बिद्यालयका प्रध्यानाध्यापक महेन्द्रराज थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ