arrow

राजकिय सम्मानअघि ओलीलाई कालो झण्डा

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
madhesi-bidyarthi.jpg.jpeg
काठमाडौं । ६ दिने भारत भ्रमणका क्रममा दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा अध्ययन गर्ने मधेसी तथा थारु विद्यार्थीहरुले विमानस्थलमै कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा विद्यार्थीले कालो झण्डा देखाएका हुन् । 
 
युनाइटेड मधेशी नयाँ दिल्लीको अगुवाईमा मधेशी–थारु, आदिवासी–जनजाती विद्यार्थीहरुले ओलीलाई विमानस्थलबाट बाहिरिदै गर्दा कालो झण्डा देखाए । कालो झण्डा ओलीले समेत देखेको उनीहरुले बताएका छन् । ओलीलाई विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । स्वराजले ओलीलाई स्वागत गरेको तस्वीरबारे सामाजिक सञ्जालमा व्यापक टिप्पणी भएको छ । ओलीलाई भारत सरकारले भ्रमण अवधिभर राजकिय सम्मानका साथ राख्नेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ