arrow

मोरङ क्वार्टरफाइनलमा, झापा–११ को क्वार्टरफाइनल भिडन्त जर्ज टेलिग्राफसंग

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
foot.jpg.jpeg
मोरङ । मोरङ फुटबल क्लवले विराट गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै मोरङ अन्तिम आठमा पुगेको हो । विराटनगरमा भएको खेलमा मध्यान्तर अघि १–० ले अग्रता लिएको मोरङले मध्यान्तरपछि दुई गोल गरेको थियो ।
 
मोरङका लागि दीपक राई र रुपेश केसीले एक–एक गोल गरे भने रुपन्देहीका पिटर सेगुनले एक आत्मघाती गोल गरे । रुपन्देहीका लागि पेनाल्टीमार्फत् शिव श्रेष्ठले ५८औं सान्त्वना गोल फर्काए । यसअघि, विहिबार भएको खेलमा भारतकोे उडिसा फुटबल क्लबलाई २–१ ले पराजित गर्दै झापा–११ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ । शनिबार जर्ज टेलिग्राफ कोलकाता र झापा–११ बीच क्वार्टरफाइनल भिडन्त हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ