arrow

‘सरकार हत्या, हिंसा र बलात्कारको संरक्षक हो ?’ 

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
dila-sangraula1.jpg

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारलाई हत्या, हिंसा र बलात्कारको संरक्षक भएको आरोप लगाएका छन् । 

देशभर हिंसा र बालात्कारका घटना भएका खवर हरेक दिन आए पनि कारबाही र नियन्त्रण नभएको भन्दै सांसदहरुले चिन्ता पनि व्यक्त गरेका छन् । 

नेपाल महिला संघकी पूर्व अध्यक्ष समेतरहेकी नेपाली काँग्रेसकी सांसद डा डिला संग्रौलाले देशभर बलात्कारका घटना दिनदिनै भएपनि रोक्ने तर्फ सरकारले ठोस कुनै कदम नचाली मुकदर्शक भएको आरोप लगाइन् । 

उनले सरकार संरक्षित व्यक्तिहरुले रोल्पामा नेपाल तरुण दलका जिल्ला सभापति रोहित पुनको गोली हानी हत्या गरेकोले देशमा हत्या हिंसा बढिरहेको र बालबालिकादेखि बृद्धबृद्धासम्म असुरक्षित रहेको पुष्टि भएको बताइन् । 

डा संग्रौलाले भनिन्, “जनताले प्रश्न गर्न थालेका छन् सरकार हत्या, हिंसा, बलात्कारको संरक्षक हो ? र अथाह सम्पति कमाउनका निम्ति भ्रष्टाचारीको बुई हो ?” 

“निर्मलालाई न्यायका लागि आवाज उठाउनेलाई देशको प्रधानमन्त्रीले आरिङगाल बनेर आक्रमण गर्न आदेश दिनु कुन राजनीतिक चरित्र र संस्कार हो ?” उनले अर्को प्रश्न गरिन् । 

काँग्रेस सांसद संग्रौलाले क्षमताहिन ठेकेदारलाई लेनदेनको आधारमा ठेक्कापट्टा दिएकाले देशको विकासको क्रम नै रोकिएको टिप्पणी गरिन् ।

उनले साढे ३३ किलो सुन काण्ड, वायुसेवा निगमको वाईड बडि विमानलगायतका भ्रष्टाचार संवन्धी दर्जनौ घटनाका दोषीलाई सिहंदरबारको कुर्सी र वालुवाटारको कोठाबाट संरक्षण दिइएको आरोप लगाइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ