arrow

सामसुङको ट्रिपल क्यामेरा भएको पहिलो स्मार्टफोन सार्वजनिक

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
samsung1.png

काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङ पनि स्मार्टफोनहरुमा चलिरहेको क्यामेराको युद्धमा सामेल भएको छ । विहीबार उसले तीन क्यामेरा भएको ग्यालेक्सी ए७(२०१८) सार्वजनिक गरेको हो ।  

सामसुङले दक्षिण कोरियामा सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य भारतीय बजारमा ३० हजारभन्दा कम रहनसक्ने बताइएको छ । साथै यो उत्पादन युरोप तथा एसियाको बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 

सामसुङले आफ्नो ग्यालेक्सी उत्पादनका प्रयोगकर्ताहरुलाई नयाँ आविष्कारको प्रयोगको मौका दिने उद्देश्यका साथ यो उत्पादन बजारमा ल्याइएको बताएको छ । कम्पनीका अधिकारीहरुले आफूहरु नयाँ फिचर्ससहितको स्मार्टफोन बजारमा ल्याउँदा निकै उत्साहित रहेको बताएका छन् । यसले प्रयोगकर्ताहरुको जीवनशैलीमा पनि महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
 
सासमुङ ग्यालेक्सी ए७ (२०१८) मा ६.० इन्चको एमोएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । यो उत्पादन तीन वारियन्टमा उपलब्ध हुनेछन् । जसमा ४जीबी+६४जीबी, ४जीबी+१२८जीबी र ६जीबी+१२८जीबी स्टोरेजको क्षमता रहनेछ । यो स्मार्टफोनको रेयर क्यामेरामा २४ मेगापिक्सलको एएफ लेन्सको प्रयोग गरिएको छ, ८ मेगापिक्सको अल्ट्रा वाइडलेन्स तथा ५ मेगापिक्सलको डेप्थ लेन्स रहेको छ । 

सामसुङले दिएको जानकारीअनुसार यो स्मार्टफोनले धेरै उज्यालो तथा निकै कम उज्यालोमा पनि राम्रो फोटो खिच्नसक्छ । यो स्मार्टफोन एन्ड्रोइड ८.० ओरियोमा चल्नेछ भने यसमा ३३०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । 
आगामी अक्टोबर ११ मा सामसुङ ए सेरिजको ग्यालेक्सी ए९ सार्वजनिक गर्ने तयारीमा रहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ