arrow

बार एशोसियसनमा केसी र खाती अध्यक्ष र महासचिवका उमेद्वार

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
dla.jpg.jpeg
काठमाडौँ। डेमोक्याटिक लयर्स एशोसियसन डिएलएले नेपाल बार एशोसियसनको चुनावका लागि आफ्ना उमेद्वार तय गरेको छ। डिएलएले आफ्ना तर्फबाट अध्यक्षमा शेर बहादुर के.सी. र महासचिवमा खम्ब बहादुर खातीलाई उमेद्वार बनाउने निर्णय गरेको अध्यक्ष भरत खरेलले बताए। 
 
७ उपाध्यक्ष, कोषाध्यक्ष र १५ केन्द्रीय सदस्यमा उमेद्वारी तोक्ने काम भने शनिवारसम्म हुने खरेलले बताए। उमेद्वारहरुको फागुन १० गते मनोनयन हुनेछ। बारमा ५ वटा बिकास क्षेत्र, एक उपत्यका र एक महिला गरि ७ जना उपाध्यक्ष रहने व्यवस्था छ। १५ केन्द्रीय सदस्य भने खुल्ला र समावेशी खालको हुनेछ। बारको चैत्र २० गते हुने चुनाव हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ