arrow

काँग्रेस लमजुङ सभापतिमा संस्थापन पक्षीय पौडेल विजयी

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
13th-congress.png.png.png
लमजुङ। नेपाली काँग्रेस लमजुङको तेह्रौँ जिल्ला अधिवेशनबाट सभापतिमा भेषबहादुर पौडेल निर्वाचित भएका छन्। शुक्रवार भएको दोस्रो चरणको मतदानमा निकटतम प्रतिद्वन्द्वी डा टकराज गुरुङलाई ३९ मत अन्तरले पराजित गर्दै पौडेल सभापतिमा चुनिएका हुन्। कुल ६७१ मतमा पौडेलले ३५५ र निकटतम प्रतिद्वन्द्वी गुरुङले ३१६ मत प्राप्त गरेका हुन्।  
 
दुई निर्वाचन क्षेत्र भएको लमजुङमा २४ जना महाधिवेशन प्रतिनिधिमा १६ जना संस्थापन पक्षका विजयी भएका छन् भने देउवा पक्षका आठ जनामात्र विजयी भएका छन्। जिल्ला कार्यसमितिको अधिकांश पदमा समेत संस्थापन नै बलियो देखिएको छ। 
 
जिल्ला कार्यसमितिको सचिवमा संस्थापनका हरि बराल विजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापनकै श्रीकान्त घिमिरे निर्वाचित भए। क्षेत्रीय सभापति र जिल्ला कार्यसमितिमा पनि संस्थापन पक्षकै बाहुल्यता छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ