arrow

तालुखुईले बढी सेक्सी !

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
bruce-loves.jpg

काठमाडौं । तालुखुईलिने अर्थात् टाउकोको कपाल झर्ने समस्याबाट विश्वका कयौं पुरुष दुःखी छन्, हुँदै आएका छन् । तर, टाउकोबाट कपाल झर्ने (तालुखुईले) मानिस अन्यको तुलनामा ज्यादा सेक्सी हुने देखिएको छ ।

 कामोत्तेजना बढाउने हार्मोन ‘टेस्टोसटेरोन’ले मानिसको कपाल झार्ने काम गर्ने तथ्य खुलेको बीबीसीले जनाएको छ । अर्थात् जो मानिस तालुखुईले हुन्छन्, तिनमा कामोत्तेजना अधिक हुन्छ ।

यसको उदाहरणका लागि चर्चित अन्तर्राष्ट्रिय फिल्म अभिनेता ब्रुस, टेनिस सुपरस्टार आन्द्रे आगासी र बास्केटबलका खेलाडी माइकल जोर्डन नै काफी भएको बीबीसीको समाचारमा जनाइएको छ । यी तिनै जना मनोरञ्जनमा माहिर छन् ।

 युवतीहरुमा यिनीहरुको क्रेज गज्जबको रहेको छ । त्यस्तै यी तिनै हस्तीका महिला प्रंशसकको संख्या अत्यधिक छ भने यी तिनै तालुखुईले पनि हुन् ।

एक बैज्ञानिकहरुले गरेको शोधले देखाएको छ कि टेस्टोस्टेरोन हर्मोनले जहाँ कामोत्तेजना बढाउने काम गर्छ गर्छ भने अर्कोतर्फ मानिसलाई तालुखुईले पनि बनाउने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ