arrow

अखिलमा नविनाले लिइन अग्रताः दिपक पछ्याउँदै (अपडेट)

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
nabina-deepak.jpg.jpeg
काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। शुक्रवार साँझबाट एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको मतगणना उपत्यका क्षेत्रबाट सुरु गरिएको हो। 
 
मतगणनाको पछिल्लो परीणाम अनुसार अध्यक्षमा नविना लामा र महासचिवमा अब्दुल हुसेन खाँले अग्रता लिएका छन्। खाँ दिपक गौतम पक्षका उमेद्वार हुन्। नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन्। नविना लामाको १९९ र दिपक गौतमको पक्षमा १५७ मत परेको छ। 
 
यस्तै महासचिवमा लामा प्यानलका ऐन महरको १७० र अब्दुल हुसेन खाँको पक्षमा १७३ मत परेको छ। लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्य १३२, शैलेश लामा ११५, महेस बर्तौलाले ११७ र सुनिता बरालले १०२ मत ल्याएका छन्। यस्तै गौतम पक्षबाट उपाध्यक्षमा उठेका जीवन राईले ११०, निलकण्ठ आचार्यले१०४, राधिका खतिवडाले१०३ र सरोज यादवले ९१ मत ल्याएका छन्। 
 
सचिवमा लामा प्यानलबाट अमृत बुढाले१२५, समिक बडालले  १३३, आरसी लामिछानेले १२५, कमला बोहराले ११३, मकर खड्का ११७, दुर्गानन्द ठाकूरले ८९ र वसन्त ढकालले ९० मत ल्याएका छन्।  यस्तै गौतम प्यानलबाट सचिवमा वसिम आलमले १४४, सुदेश पराजुलीले १२८, आरती लामाले  १२८, भक्तकुमारी लामाले १०८, भीम रावल ९१, गौतम राईले १०८  र अशेष घिमिरेले ९१ मत ल्याएका छन । शनिवार अपरान्हसम्म परिणाम आउने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ