arrow

अमेरिकाको एक भुतघर : जसलाई सबै परिवारको मृत्युपछि सरकारले कब्जामा लियो

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
whaley-house.jpg

एजेन्सी। संसारको 'मोस्ट हन्टेड प्लेसेज' मध्ये अमेरिकाको क्यालिफोनियामा अवस्थित एक घर सबैभन्दा डरलाग्दो घरको सुची रहेको छ । सेन दिएगो शहरमा रहेको उक्त घरमा  बस्न गए जति सबैको मृत्यु भएको छ। यो घरको नाम 'वेले हाउस' हो । लाईफ म्यागजिनले आफ्नो एक संस्करणमा यो घरलाई संसारको सबे भन्दा भूताहा घरको सुचीमा समावेश गरेको थियो। यस घरमा मृत्युको सिलसिला सन्  १८५७ देखी सन् १९६१ सम्म चलेको लाईफ म्यागजिनले जनाएको छ । श्री‍खंलाबद्ध घटनापछि यो घरमा बस्ने  हिम्मत कसैले गर्न सकेका छैनन् ।

सञ्चारमाध्यमहरुका अनुसार सो घरमा बस्न जानेहरुको मृत्यु मानसिक विमारी र आत्माहत्यावाट हुने गरेको छ। सो घरको निर्माण  सन् १८५७ मा  थोमस वेलेले गरेएका हुन्।

आधुनिक सुविधा युक्त उक्त घरमा थोमस वेले सहित श्रीमति र तीन बच्चाहर बस्न गएका थिए । घरमा बस्न थालेको केहि दिनपछि उनका १८ महिने सानो छोरा जुनियर थोमसको ज्वारोको कारण मृत्यु भएको थियो। त्यस पछि एक एक गर्दै परिवारका सबै सदस्यहरुको मृत्यु भएको हो।

"घोस्ट हंटर्स" नामक एक टिमले  यस घरको रिसर्च गरेको थियो। उत टोलिमा सहभागी एक सदस्यका अनुसार  'उक्त घरको एउटा कोठामा एक कुर्सी हल्लिरहेको थियो टोलि कुर्सी छेउमा पुग्दा  केही त्यहाबाट उठेर झ्यालबाट भागेको आवाज आएको थियो।  रिसर्च भएको केहि समयपछि सो घरलाई सरकारले कब्जामा लियो र  म्युजियमको नाम दियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ