arrow

हेप्पी बर्थडे राष्ट्रकवि घिमिरे ! यी हुन् मोटिभेटिभ फ्याक्टर

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
madhav-prasad-ghimire-rastrakabi.jpg

काठमाडौ‌ं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार सयौं जन्मोत्सव मनाउँदेछन् । यस्ता मानिस विरलै भेटिन्छन् । तर भाग्यमानी घिमिरे शानसंग आफ्नो शताब्दीऔँ जन्मदिन मनाउँदेछन् । 

उनी मुलुकका सय वर्षका घटनाका साक्षी हुन् । उनी १०० का भए पनि देख्नेहरुले ६५ वर्षभन्दा माथिको भनेर अनुमान गर्न सक्दैनन् । किन त ? 

उनले जोकसैलाई भन्ने गर्छन् – सकारात्मक सोच । उनी हरेक कुरामा सकारात्मक हुन खोज्छन् । आफ्नो शरीरभित्र भगवान खोज्छन् । 

लेख्न छाड्दैनन् । उनी चिनिएकै लेखेर । सय वर्ष लाग्दा पनि काव्यका रसास्वादन गर्न पुगेको छैन उनलाई। 

लामो जीवन यात्रा तय गर्दागर्दै कठिनता र संर्घषका थुप्रै दिन पार गरेर उनले सिर्जनलाई सधै ताजगी बनाइराखे । 

कविता लेखनबाट कहिल्यै थाकेनन् उनी, कहिल्यै अघाएनन्। अझै उतिकै खरो उत्रिरहेकै छ उनको कलम ।

मिजासिलो स्वभाव, कुराकानी, उत्साह र तत्परता देख्दा कसैले भन्दैन, उनीले सय शरद फटाइसके भनेर। उस्तै हसिँलो स्वभाव, गफ गर्ने उत्साह र सक्रियता कत्ति पनि कम नभएको देख्दा उनले आफ्नो शरीरलाई कति माया गरेर स्वस्थ राखेका छन् भन्ने प्रष्ट हुन्छ।

अहिले पनि घिमिरेलाई खसीको भुटेको मासुका सौखिन हुन् । खानपिनमा मस्त हुन मन लाग्छ । 

बस् उनको सकारात्मक सोचले उनलाई जिवित राखेको छ । अझै साहित्य कोर्नेछन् । 

उदाहरणीय व्यक्तित्व घिमिरेलाई हेप्पी बर्थडे । सयौं वर्ष पार गरुन् उनले । 

जीवनको रहस्य –
–सकारात्मक सोच
–दैनिक योगाभ्यास
–स्वस्थ्य खाना
–दैनिक रचना–सिर्जना 
–दैनिक साधना
–परिवारको साथ (श्रीमती महाकाली घिमिरेसंग बिहेको ७१ वर्ष भयो उनी पनि ८४ मा कुँद्दै छिन् )
–मृत्यु जित (मृत्युको खबरले रिसभन्दा पनि आत्मबल बढाएको अनुभव) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ