arrow

दैलेख काँग्रेसमा संस्थापन पक्षकै वागी भएर जीते विसीले

logo
नविन कुमार शर्मा।
प्रकाशित २०७२ फागुन ८ शनिबार
dailekh-nepali-congress.jpg.jpeg
दैलेख। नेपाली काँग्रेसका सभापति शुसिल कोईरालाको निधन पछि स्थगित रहेको दैलेख जिल्लाको सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन सम्पन्न भएको छ। संस्थापन पक्षबाट दुई जना र बरिष्ठ नेता शेर बहादुर देउवा पक्षका एक जना भएर प्रतिष्पर्धा भएकोमा संस्थापन पक्षका कृष्ण कुमार विसी सभापति विजयी भएका छन्।
 
यस्तै सचिवमा भुपेन्द्र शाही र कोषाध्यक्षमा पुर्ण वहादुञ खत्री (चालिसे) निर्वाचित भए। नेपाली काँग्रेस दैलेखका सभापतिमा कृष्णकुमार बीसी र सचिवमा पनि भूपेन्द्र शाही दोश्रो कार्यकालका लागि निर्वा्चित भएका हुन्। खसेको ५७९ मत मध्ये विसीले ३१४ अर्थात ५४ दशमलव २३ प्रतिशत मत, सचिव शाहीले २६४ र कोषाध्यक्ष खत्रीले २७६ मत पाएका हुन्। 
 
सभापति र सचिव संस्थापन पक्ष र कोषाध्यक्ष देउवा निकट हुन। विसीका प्रतिद्वन्दद्वीहरु संस्थापन समूहबाट आधिकारिक भनिएका मणिराम रेग्मीले १३८ र देउवा  समूहका हिमबहादुर शाहीले ११६ मत प्राप्त गरे। बीसीले संस्थापन समूहको बागी बनेर दुबै पक्षका मत लिएर जितेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ