arrow

अखिलमा नविनाको अग्रता कायमै (अपडेट)

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
nabina-lama.jpg.jpeg
काठमाडौं। काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। शुक्रवार साँझबाट एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको मतगणना जारी छ। 
 
मतगणनाको पछिल्लो परीणाम अनुसार अध्यक्षमा नविना लामाले अग्रता कायमै राखेकी छन। महासचिवमा लामा प्यानलमा ऐन महरले दिपक गौतम समहुका अब्दुल हुसेन खाँसँग बराबरी गरेका छन्। नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन्। नविना लामाको २४९ र दिपक गौतमको पक्षमा १९६ मत परेको छ। 
 
यस्तै महासचिवमा लामा प्यानलका ऐन महरको २३० र अब्दुल हुसेन खाँको पक्षमा २०९ मत परेको छ। लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्य २३२, शैलेश लामा २०६, महेस बर्तौलाले २१४ र सुनिता बरालले २०२ मत ल्याएका छन्। यस्तै गौतम पक्षबाट उपाध्यक्षमा उठेका जीवन राईले २०६, निलकण्ठ आचार्यले १८४, राधिका खतिवडाले १८६ र सरोज यादवले १७१मत ल्याएका छन्। 
 
सचिवमा लामा प्यानलबाट अमृत बुढाले २२२, समिक बडालले २३३, आरसी लामिछानेले २४३, कमला बोहराले २१४, मकर खड्का २२८, दुर्गानन्द ठाकूरले १८६ र वसन्त ढकालले १६७ मत ल्याएका छन्।  यस्तै गौतम प्यानलबाट सचिवमा वसिम आलमले २४१, सुदेश पराजुलीले २२१, आरती लामाले २२७, भक्तकुमारी लामाले १९४, भीम रावल १६१, गौतम राईले १९७ र अशेष घिमिरेले १७४ मत ल्याएका छन । कोषाध्यक्षमा लामा समुहकी झपेन्द खत्रीको २६० मत रहेको छ भने गौतम समुहका कमल शाहीले १८० मत ल्याएका छन्। शनिवार अपरान्हसम्म परिणाम आउने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ