arrow

यस्तो आउँदैछ नोकियाको ७.१ प्लस 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
Nokia_7.1_plus_.png

काठमाडौं । एचएमडी ग्लोबलको स्वामित्वमा रहेको नोकिया कम्पनीले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७.१ प्लस बजारमा ल्याउने तयारी गरेको छ । विश्वव्यापीरुपमा आफ्नो व्यापार विस्तारको क्रममा रहेको कम्पनीले अक्टोबर ४ मा बेलायतको लण्डनमा यो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । 

कम्पनीको तर्फबाट आधिकारिकरुपमा कुनै जानकारी नआएपनि कम्पनीले लण्डनमा सो कार्यक्रमको आयोजना गर्ने घोषणा गरेसँगै सो कार्यक्रममा उक्त स्मार्टफोन सार्वजनिक हुनसक्ने बताइएको हो । 

यसअघि नोकियाको नोकिया ९ स्मार्टफोन पनि अब छिट्टै बजारमा आउनसक्ने अनुमान गरिएकोमा सो स्मार्टफोन भने सन् २०१९ को विश्व मोबाइल सम्मेलनमा सार्वजनिक गरिने कार्यतालिका सार्वजनिक भएको हो । 

के छन् नोकिया ७.१ प्लसको विशेषताहरु ? 

यो स्मार्टफोन झट्ट हेर्दा नोकिया ६.१ प्लसको जस्तै रहनेछ । जसमामा ड्युअल क्यामेराको प्रयोग हुनसक्ने बताइएको छ । अहिले सार्वजनिक भएको फोटोको आधारमा यो स्मार्टफोनमा १०८०×२२८० पिक्सेलको रिजोलुसन रहनसक्ने विश्लेषकहरुले बताएका छन् । साथै यसमा ६जीबी र्‍याम र १२८ जीबीको इन्टर्नल स्टोरेज रहनसक्ने बताइएको छ । 

अहिलेसम्म यो स्मार्टफोनको मूल्यको विषयमा भने कुनै जानकारी दिइएको छैन । अबको केही दिनमा यसको मूल्य तोकिनसक्ने बताइएको छ । (एजेन्सी) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ