arrow

यस्ताे रहेछ सार्वजनिक यातायातकाे भाडा बढाउनुकाे कारण (अन्तर्वार्ता)

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
gokarna_up.JPG

केही दिनअघि मूल्यवृद्धि भएर गाडी सञ्चालन गरिरहेका अर्थात् यातायात सेवा प्रदान गरिरहेका व्यवसायीले मूल्य वृद्धि फिर्ता नलिई अग्रिम टिकट बुकिङ नगर्ने भनेर अडान राखे । त्यो मूल्य वृद्धि फिर्ता लिन नसक्ने अवस्थामा सरकारले वैकल्पिक बाटो अपनायो । बढीभन्दा बढी सवारी साधन भएका यातायात समितिहरुले अग्रिम टिकट बुकिङ गरुन भनेर सरकारले १० प्रतिशत भाडा वृद्धि गरेको छ । प्रा.लिमा दर्ता भएको व्यवसायीहरुले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ गर्न थालिसके । तर प्रा.लिसँग आवश्यक मात्रामा यातायातको साधन छैन । अब यसको व्यवस्थापन कसरी हुन्छ ? हामीले यही विषयमा यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायसँग संक्षिप्त कुरा गरेका छाैँ । 

० १० प्रतिशत भाडा बढेको हो ?
– हो, व्यवसायीसँगको बैठकले हालै इन्धनमा भएको मूल्य वृद्धिलाई समायोजन गर्ने हिसाबले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।

० भाडा वृद्धिको विकल्प थिएन ?
– लामो समयदेखि सार्वजनिक यातायातमा मूल्य वृद्धि नभएको अवस्था थियो । व्यवसायीले पनि भाडा वृद्धि हुनुपर्छ भन्ने माग गरिरहेका थिए । २०६९ सालदेखि सार्वजनिक यातायातमा भाडा वृद्धि भएको थिएन । असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने भनेर व्यवसायीले सरकारसँग सहमति गरेको थियो । त्यो सहमतिपछि इन्धनको मूल्यवृद्धि भयो । पुरानै भाडा दरमा गाडी कुदाउन नसक्ने भनेर व्यवसायीले सरकारसँग भएको सहमति कार्यान्वयन गर्ने अडान लिए । त्यसैकारण वार्ताको माध्यमबाट भाडा वृद्धि गर्ने निर्णय गरेका हौं ।

० अप्ठ्यारो राज्यलाई कि व्यवसायीलाई परेको ?
– दुईवटै पक्षलाई अप्ठ्यारो परेको हो । व्यवसायीलाई पनि मार परेको भन्ने कुरा आयो, हामीले जुन भाडा दर तोकेका छौं, अहिले त्यसको मूल्यांकन गर्दा भाडा बढाउनुपर्ने नै देखिन्छ । अन्तिम समयमा आएर व्यवसायीले गाडी सञ्चालन नगर्दिदाँ समस्या परेको हो ।

० देशवासीले के भन्छन् ?
– केही दिनमा नागरिक समाजको आवाज पनि सुनिन्छ । दशैंको मुखमा भाडा वृद्धि गर्नु शोभनीय कुरा होइन । बाध्यताको अवस्था र सबैतिर भइरहेको मूल्यवृद्धिलाई मूल्यांकन गरेर हामीले सहज निकास खोजेका हौं ।

० जनतालाई दोहोरो मार परेन ?
– सहज रुपमा टिकट पाइन्छ, सहज रुपले घर जाने वातावरण हुन्छ । अन्योलको अवस्था हटेको छ । भाडा वृद्धि नहुँदा अझ विकृति आउने सम्भावना थियो । मनपरी भाडा असुल्ने र अव्यवस्थित ढंगले यातायात सञ्चालन हुने अवस्था थियो । त्यसलाई नियन्त्रण गर्नका लागि हामीसँग पर्याप्त संयन्त्र नभएको र अन्य विविध विकल्प पनि नभएको कारणले गर्दा अन्ततः हामी यो निष्कर्षमा पुगेका हौं ।

० अग्रिम टिकट बुकिङका लागि १० प्रतिशत भाडा बढाउनुपर्‍यो ?
– हो । त्यसैकाे लागि हाे । 

० भाडा बढाउनुकाे कारण यत्ति हाे ? 

-हाे । 

० भाडा बढाएकाे विराेधमा अान्दाेलन हुँदैन ?

-विराेध त हुन्छ नै । तर, हामी परिस्थितिबारे बुझाउँछाैँ । 

० याे १० प्रतिशतमा व्यवसायी मन्जुर छन् ? 

-उहाँहरुसँग सहमति भएपछि नै बढाइएकाे हाे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ