arrow

संसदीय सुनुवाई समितिको सभापति कर्ण, योगेशको चर्चा मात्रै 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
karna1.jpg

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा ज्येष्ठ सदस्यको भूमिका निभाइरहेका  लक्ष्मणलाल कर्ण नै सभापति भएका छन् । उनी निर्विरोध सभापति चयन भए । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।

सभापतिमा राजपाबाट सांसद रहेका कर्णको मात्र उम्मेदवारी पर्‍यो । उनको मात्रै एकल उम्मेदवारी परेपछि निर्विरोध सभापति भए । यसअघि सभापति चयन नहुँदा ज्येष्ठ सदस्यको हैसियतले कर्णले नै बैठकको अध्यक्षता गर्दै आएका थिए । 
उनले अध्यक्षता गर्दा प्रधानन्यायाधीशमा दिपकराज जोशी अस्वीकृत भए भने, ओमप्रकाश मिश्र स्वीकृत भए । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त समेत उनी सभापति बन्नु पहिले नै अनुमोदन भएको छ । 

संसदीय सुनुवाई विशेष समितिको सभापति नेकपाका सांसद योगेश भट्टराई हुने चर्चा पनि थियो । दिपकराज जोशीलाई अस्वीकृत गर्न भट्टराइले नै प्रमाण जुटाएको र उनी नै सभापति हुने भनि प्रचार भएको हो । 

तर, अन्तनः उनले उम्मेदवारी दिएनन् । सभापति बनेका कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । समितिले आफूलाई निर्विरोध चयन गरेको उल्लेख गर्दै उनले समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास लिए । 

बैठकमा समितिका सदस्यहरुले  सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास गरे । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे । कर्ण कानुनका जानकार हुन् । 

यस्तै, समिति सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास लिइन् । संसदमा सार्वजनिक लेखा समिति प्रमुख विपक्षीले पाउने व्यवस्था छ । कर्ण सुनुवाई समितिमा आएसँग सत्ताबाहिर रहेका पार्टीलाई मिनि संसदको एउटा नेतृत्व थपिएको छ । यसले दुईवटा संकेत गरेको छ । एउटा, प्रतिपक्षलाई बल पुग्ने । अर्को, राजपा पनि सरकारसँग नजिकिने बहाना हुने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ