arrow

पश्चिमी वायुका कारण केही स्थानमा वर्षा र हिमपात

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसममा खराबी आएको छ । सो वायुको प्रभावले देशभरको मौसम बद्ली हुनुका साथै पश्चिमी भेगमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही ठाउँमा हल्का वर्षा र उच्च हिमाली भेगमा सामान्य हिमपातसमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । कँडेलले भने, “पश्चिमी वायुको प्रभावले गए राति देखिनै काठमाडौँ उपत्यकासहित देशभर बद्ली भएको छ, यो क्रम दिनभर जारी रहन्छ, भोलि (आइतबार)देखि मौसममा सुधार आउनेछ ।” 
 
महाशाखाका अनुसार देशका मध्य र पूर्वी भेगका केही स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ । रातिदेखि नै आकाशमा बादल लागेकाले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्ला दिनको तुलनामा बढेर ११.५ डिग्रीसेल्सियस पुगेको छ । न्यूनतम तापक्रम बढे पनि उपत्यकासहित देशभर बद्ली हुँदा आज बढी चिसो महसुस गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ