arrow

राखी सावन्त ‘वक्षस्थल’ दान गर्दै 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
rakhi-pm-modi-dress.jpeg

काठमाडौं । बलिउडकी सदाबहार विवादित मोडल राखी सावन्त फेरि विवादमा तानिएकी छिन् । यसपटकको विवाद भने कसैसंग झगडा गरेर वा तुतु मैंमैं गरेर हैन कि आफ्नै शरीरका अंगका कारण । 

राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा गरेकी छिन् । उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छिन् –मानिसहरु यो संसारमा के के दान गरिरहेका छन् म आफ्नो वक्षस्थल दान गर्न चाहन्छु । 

उनले  ‘यो संसारमा कति धेरै असल मानिसहरू छन् । जो अरूका लागि आफ्नो आँखा, मुटु, मिर्गौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरू त त्यस्तो केही पनि छैन, मेरो आकर्षक वक्षस्थल छ । म आफ्नो वक्षस्थल दान गर्न चाहन्छु ।’

उनको वक्षस्थल दान गरेर चर्चामा आउने चाहना पनि अचम्मको छ । आखिर उनी आफैलाई मात्रै लाग्ने हो कि सबैलाई लाग्ने हो उनको त्यो वक्षस्थल राम्रो भएको । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ