arrow

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

भारतीय विदेशमन्त्रीसँग पुनःनिर्माणबारे छलफल

logo
प्रकाश सिलवाल।
प्रकाशित २०७२ फागुन ८ शनिबार
kp-oli-narendra-modi.jpg.jpeg
भारत। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता शुरु गरेका छन्। दिल्लीस्थित हैदरावाद हाउसमा दुई नेताबीच वान टु वान वार्ता भएको छ। यो वार्तापछि दुई देशका प्रतिनिधीमण्डलबीच भेट हुनेछ। भारतले लगाएको अघोषित नाकावन्दीपछि नेपालका प्रधानमन्त्रीका तर्फबाट भारतमा भएको भ्रमणलाई भारतले पनि उच्च महत्व दिएको छ। 
 
भारतीय विदेशमन्त्रीसँग भेट
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति भवनमा भेटवार्ता गरिन। सो अवसरमा उनिहरुबीच भूकम्पपछिको पुनःनिर्माण र भारतले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल हुनाका साथै आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष र विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए। 
 
गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरे। भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ। भारत स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ