arrow

चीनमा एयरहोस्टेज छान्ने यस्तो काइदा

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
air-asia.jpg

काठमाडौं। चीनमा युवतीहरु मोडेल वा एयरहोस्टेज बन्नका लागि अर्धनग्न भएर अडिसनमा भाग लिनुपर्ने एक चीनियाँ अनलाइनले लेखेको छ ।

 उत्तर पूर्वी चीनको विद्यालय तह पार गरेका १ हजार भन्दा बढी युवतीहरुले बार्षिक रुपमा हुने अडिसनमा भाग लिएको पिपुल्स डली अनलाइनले जनाएको हो ।

युवतीहरुले मोडल वा एयरहोस्टेज बन्ने आशामा अडिसनमा भाग लिएका थिए जहाँ उनीहरुले विकिनी र एयरहोस्टेजको पहिरन लगाएर हिडेका थिए। त्यसक्रममा उनीहरुको शारिरिक अवस्था हेरिएको थियो।
 
सहभागिहरु मध्येबाट सुन्दर शारिरिक बनावट, सुन्दर मुहार, मिठो स्वर, पातलो शरीर र शरीरको देखिने ठाउँमा सहभागिहरुको कुनै दाग र खत छ वा छैन समेत अडिसनमा मूल्याङकन गरिएको थियो ।

 एयरहोस्टेजको अडिसनमा छनौट हुन कम्तिमा ५फिट ६ इन्च हुनुपर्ने नियम बनाइएकव थियो। तर अत्यन्तै सुन्दर युवती भएमा ५ फिट ५ इन्चले पनि फरक नपर्ने अडिसनको आयोजक ओरेन्टल व्युटीले जनाएको छ।
 
अडिसनमा भाग लिन चीनको स्यानदोङ, हेवेइ, सान्सी, जिलिन लगायतका स्थानबाट युवतीहरु आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ