arrow

यस्तो थियो पहिलो एन्ड्रोइड फोन 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
first_android.jpeg

काठमाडौं । विश्व बजारमा एन्ड्रोइड फोन आएको १० वर्ष पूरा भएको छ । अहिले अत्यधिक मात्रामा एन्ड्रोइड स्मार्टफोनको प्रयोग हुने गरेको छ । सन् २००८ सेप्टेम्बर २३ मा पहिलोपटक एन्ड्रोइड फोन बजारमा सार्वजनिक गरिएको थियो । पहिलो एन्ड्रोइड भर्सनको फोन जी१ हो । यो फोन गुगल, एचटीसी र टी–मोबाइलको संयुक्त प्रयासमा बजारमा ल्याइएको थियो । जसको मूल्य ३९९ अमेरिकी डलर तोकिएको थियो । यो फोनलाई आईफोनको वास्तविक प्रतिस्पर्धी कम्पनीको रुपमा हेरिने गरिएको छ । 

पहिलो एन्ड्रोइड फोनबारे धेरैलाई यी कुराहरु थाहा नहुन पनि सक्छ – 

पहिलो एन्ड्रोइड फोनमा टचस्क्रिन सर्पोट थिएन । यो फोनमा स्लाइड गरेर निकाल्नमिल्ने किबोर्ड थियो । साथै टाइप गर्न तथा चलाउनका लागि एक ट्रयाकबलको व्यवस्था गरिएको थियो । 

अमेरिकामा रहँदा यो स्मार्टफोन जी१ मोनिकर कम्पनीको नियन्त्रणमा बिक्री हुने गरेको थियो । अन्य बजारमा यसलाई एचटीसी ड्रिम भनिन्थ्यो । यो स्मार्टफोन सेप्टेम्बर २३ मा सार्वजनिक गरिएको थियो तर बजारमा भने सन् २००९ को जनवरीमा मात्र पठाइएको थियो । 

अहिले एन्ड्रोइड फोनहरुमा हेडफोनको ज्याक सामान्य फिचर हो तर उक्त फोनमा भने हेडफोन ज्याक थिएन । त्यसका लागि अर्को एडप्टरको प्रयोग गर्नु आवश्यक थियो । 

उक्त फोनमा प्ले स्टोर तथा जिमेल र म्यापजस्ता एपहरु पनि थिएन । त्यतिबेला एन्ड्रोइड मार्केट नामक एक लिंक थियो, जहाँ गरेर एप तथा गेमहरु डाउनलोड गर्न सकिन्थ्यो । 

उक्त फोनको व्यापार छ महिनामा अत्यधिक मात्रामा भएको थियो । छ महिनाभित्र १० लाखभन्दा बढी यो फोन बिक्री भएको थियो । आधिकारिकरुपमा दुई वर्षपछि मात्र यो फोनको व्यापार रोकिएको थियो । 

जी१ सुरुवातमा निकै लोकप्रिय बनेसँगै एक वर्षपछि बजारमा पुनः अर्को एन्ड्रोइड फोन ल्याइएको थियो । जसको नाम एचटीसी म्याजिक थियो । यो फोन सन् २००९ मा सार्वजनिक गरिएको थियो । सन् २०१० पछि मात्र सामसुङ, एलजी, मोटोरोलाजस्ता कम्पनीहरुले एन्ड्रोइड फोनहरु बजारमा ल्याउन थालेका हुन् । 

जी१ फोन बजारमा सार्वजनिक हुँदा एप्पलको आईफोनको दोस्रो पुस्ता आइसकेको थियो । साथै उक्त आईफोन निकै चर्चित पनि बनिसकेको थियो । त्यतिबेला एन्ड्रोइड भर्सनलाई निकै ठुलो चुनौती थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ