arrow

ग्रामीण स्वास्थ्य सुधारको माग राख्दै ज्ञापनपत्र

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ असोज ८ सोमबार
gyapan1.jpg

कञ्चनपुर । कृष्णपुर नगरपालिका उत्तरी भेगका स्थानीयले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारको माग अघि सारेका छन् । कृष्णपुर नगरपालिका–१ का विभिन्न गाउँका स्थानीयले वडाकै स्वास्थ्य सुधारको माग अघि सारेका हुन् ।

संञ्जिवनी नेपालद्वारा संचालित नागरिक समाज पारस्परिक जवाफदेहिता कार्यक्रमको सोमबार सरोकारवालाको अनुगमन कार्यक्रममा स्थानीयले प्रथमिक स्वास्थ्य केन्द्रकै माग राख्दै ज्ञापनपत्र पत्र बुझाएका हुन् । स्थानीय सभाका संयोजक ढुण्डीराज भण्डारीले यस अघि स्थानीय सभाले गाउँको स्वास्थ्य क्षेत्रको समस्या छनौट गर्दै नगरपालिकालाई सुधारको माग अघि सारेको बताए ।

उनले स्थानीय सभाका सदस्यले भने अनुसार छनौट गरेका समस्या समाधानका लागि  नगरपालिकासमक्ष माग गरेको बताए । माग गरे अनुसार नगरपालिकाले सुन्दरीफाँटा दोमिल्लामा स्वास्थ्यको भवन निर्माण गरिदिएको बताए । संयोजक भण्डारीले उक्त वडाको एकिकृत स्वास्थ्य, शिक्षा, खानेपानी लगायतको समस्या समाधान बारे कृष्णपुरका नगर प्रमुख कर्ण हमाललाई ज्ञापन पत्र बुझाएका छन् ।

 ज्ञापन पत्र बुझ्दै नगर प्रमुख हमालले नगरपालिकाका तर्फबाट १ र २ नम्बर वडाको स्वास्थ्य, शिक्षा र अन्य भौतिक विकासका लागि कार्यक्रम अघि बढाएको बताए । उनले स्वास्थ्य क्षेत्रकै सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविका, गर्भवती महिला, सुत्केरी र आँङ खसेका महिलाको उपचारका लागि आवश्यक प्रोत्साहन भत्ताका कार्यक्रम संचालन गरिएको बताए ।

‘किशोर किशोरीका लागि पनि स्वास्थ्यका कार्यक्रम संचालन भएका छन्, ‘नगर प्रमुख हमालले भने, ‘उनीहरुलाई सचेतना जगाउने कार्यक्रम ल्याएका छौँ ।’ नगरपालिकाले ५०सैयाको अस्पताल र १, २, ३ र ४मा नगरका तर्फबाट नगर शहरी स्वास्थ्य क्लिनिक खोलिने बताए । उनले निगाली स्वास्स्थ्यचौकीमा लामो समयदेखि पारिश्रमिक नपाएका स्वास्थ्यकर्मीलाई समेत नगरपालिकाका तर्फबाट रकम दिएको बताए ।

संजिवनी नेपाल कञ्चनपुरका संयोजक नितु भट्टले चालित नागरिक समाज पारस्परिक जवाफदेहिता कार्यक्रम मार्फत कृष्णपुर नगरपालिका १ र २ को स्वास्थ्य समस्याको पैरवी गरेको बताए । नीतिगत रुपमा गरिएको पैरवीले उक्त क्षेत्रको स्वास्थ्य सुधारका कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार कार्यक्रम मार्फत जतताका समस्या छनौट गरेर स्थानीय सरकार समक्ष माग पुरा गराईने छ ।

जिल्ला समन्वय समितिका उप प्रमुख सानुमाया बुढथापा (महरा)ले विकास निर्माणका लागि सबैले अपनत्व गर्नुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले आएको बजेटमा इमान्दारितापुवर्क काम गर्नुपर्ने बताए  । कृष्णपुर नगरपालिका १ र २को स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय सरकार जागरुक हुनुपर्नेमा जोडदिए ।

जिसस प्रमुख तामाङ्गले सिहदरबारको अधिकार गाउँ गाउँमा आएको भन्ने विषयमा उनले फरक मत राख्दै विकृती आएको टिप्पणी गरे । विकासका लागि एकजुट भएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।  

संञ्जिवनी नेपालद्वारा संचालित नागरिक समाज पारस्परिक जवाफदेहिता कार्यक्रम मार्फत उठान गरिएका कृष्णपुरमा संचालित कार्यक्रमको जिसस प्रमुख तमाङ्ग, उप प्रमुख महरा, कृष्णपुर नगर प्रमुख हमाल लगायत सरोकारवालाले अनुगमन समेत गरेका छन् । कृष्णपुर नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष मोहन बस्नेतको अध्यक्षताको भएको कार्यक्रममको सञ्जिवनी नेपाल कञ्चनपुरका सह–संयोजक राजेन्द्र चुनाराले संचालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ