arrow

‘७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी, नाम सुदूर पश्चिम'

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
province-7.JPG

धनगढी । प्रदेश ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिले दिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।

सासंद तारा लामा तामाङको नेतृत्वमा गठित संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका–४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।

भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि मात्रै प्रदेश सभा बैठकमा पेश भएको हो । 

पेश भएको २४ घण्टापछि मात्रै प्रतिवेदनमाथि सभामा छलफल हुनेछ । प्रदेश सभाका सदस्यले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न सक्ने छन् । प्रदेश ७ को राजधानी यसअघि क्षेत्रीय सदरमुकाम दिपायलमा हुनुपर्ने माग राख्दै पटक–पटक आन्दोलन भएका छन् । यद्यपि, अब कैलालीमै प्रदेशको राजधानी हुने लगभग पक्का–पक्की जस्तै भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ