arrow

प्रधानमन्त्रीको भ्रमणले भारतसँग विग्रिएको सम्वन्ध सुध्रन्छ : नेपाल

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ फागुन ८ शनिबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
पाँचथर। नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपालको विग्रिएको सम्वन्ध सुध्रने विश्वास ब्यक्त गरेका छन् । पाँचथरको फिदिममा शनिवार संचारकर्मी सँग कुराकानी गर्दे नेता नेपालले मुलकको राष्ट्रिय हित ,सार्वभौमिक्ता र स्वाधिनतालाई ध्यानमा राखेर गरिएको यो भ्रमण उपलब्धि मूलक हुने वताए ।
 
नेपालीहरुको शिर ठाडो र स्वाभिमान लाई उचाइमा पुग्ने गरी दुवै देशको हितमा यो भ्रमण केन्द्रित रहेको नेपालको भनाई छ । सम्वन्ध भनेको एक हातले मात्रै ताली नवज्ने भएको भन्दै दुवै देशले ताली वजाए मात्रै सम्वन्ध अघि वढ्ने सुनाए  ।  एक फरक प्रसंगमा वोल्दै पूर्वप्रधानमन्त्री  नेपालले सरकारले चिन सँग जोडिएको नाका पनि यथाशिग्र खुलाउन सरकार लाग्नुपर्ने वताए ।
 
मेची राजमार्ग ताप्लेजुङ सम्म पुगिसकेको र ताप्लेजुङ ओलाचुङ गोला सम्म राजमार्ग पुग्ने हो भने चिनको नाका खोल्न सकिने वताए  । यो नाका खोल्ने हो भने पूर्वी नेपाल मात्रै नभएर पूर्वोत्तर भारतका नागरिकलाई समेत फाइदा पुग्ने नेपालको भनाई छ । यस्तै मध्यपहाडि पुष्पलाल राजमार्ग पाँचथर च्याङथापु देखि वैतडीको झुलाघाट सम्म अहिले १ हजार ७ सय किलोमिटर रहेको र यसलाई छोट्याएर १ हजार २ सय मिटर मात्र बनाइनुपर्ने धारणा राखे  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ