arrow

‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर खानको यस्तो अवतार ( भिडियो )

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
thugs-of-hindostan-.jpg

काठमाडौं । नयाँ नयाँ प्रयोग गर्न मन पराउने बलिउड अभिनेता आमिर खान पात्र पनि फरक फरक रोज्छन् । बलिउडमा अपनाइने धेरै जसो पात्र परिक्षण गरेका आमिर अब फिरंगी बन्दैछन् । उनी अभिनीत चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसरमा रिलिज हुँदैछ ।

पोस्टरमा गधामाथि बसेका आमिरको पहिरन निकै फरक छ । यो चलचित्र यशराज ब्यानरमा निर्माण भएको हो ।

फरक–फरक चरित्रमा प्रस्तुत भई दर्शकको मन जित्न सफल आमिरका प्रायः चलचित्रले बक्स अफिसमा निकै धमाका मच्चाउँछन् ।

आमिर अभिनीत पछिल्लो चलचित्रको मोसन पोस्टर सार्वजनिक भएको छ । जसमा उनी निकै फरक चरित्रमा देखिएका छन् ।

यसअघि, ‘ठग्स अफ हिन्दुस्तान’ का मुख्य कलाकार अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना सेख लगायतका कलाकार रहेको पोस्टर रिलिज भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ