arrow

मानव निर्मित ७ आश्चर्य मध्येको ग्रेटवाल

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
The-Great-Wall-Of-China.jpg

एजेन्सी। विश्व आश्चर्य नै आश्चर्यले भरिपूर्ण छ। कतै मानव निर्मित आश्चर्य छन् त कतै प्राकृतिक। मानव निर्मित आश्चर्य मध्ये चीनको "द ग्रेट वाल" एउटा चकित तुल्याउने मध्येको एउटा आश्चर्य हो। अन्तरिक्षबाट पनि देखिने भनिएको यो वाल ५ औ शताब्दी ईसापूर्व देखि सोह्रौ शताब्दीसम्म बिभिन्न शाषकहरुले २० देखि ३० लाख मनिसहरुलाई जीवनभर काम लगाएर निर्माण गरिएको बिश्वास गरिन्छ । समय सयममा यसलाई पूर्न निर्माण गरिदै आएको छ।

यसलाई २२०-२०६ ई.पू.मा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएको प्रमाणहरु पनि छन् । त्यस बेला बनाएको वालको अंशको केही अवशेष मात्रै बचेको थियो । यो मिंग वंश द्धारा बनाएको वर्तमान भित्ताको सुदूर उत्तरमा बनेको थियो । यो पर्खाल बिपक्षीको सेनाहरुलाई घुस्न नदिनको लागि बनाएको अनुमान लगाइन्छ । यो वालको लम्वाईको बारेमा बिभिन्न अनुसन्धानहरुले फरक फरक देखाएका छन् । एक अनुसन्धान यसका शाखाहरु सहित गरेर द ग्रेट वालको लम्वाई ८८५१.८ किलोमिटर रहेको देखिएको छ ।

यस वालमा मिंग वंशको सुरक्षाको लागि त्यो समयमा दस लाख भन्दा धेरै मान्छेहरू नियुक्त गरिएका थिए र तिनीहरु वालमा माथि रहेको बाटोबाट चौबिसौ घण्टा पहरा दिन्थे भन्ने पनि कतै कतै लेखेको पाइन्छ । यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोप नुर सम्म फैलिएको छ । यसलाई युनेस्को द्धारा १९८७ देखि विश्व धरोहरको रुपमा घोषित गरेको छ । माटो र ढुङाबाट बनेको यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक हो।

यो वाल अहिले बिश्वभरिबाट चीनमा पर्यटक तान्न एउटा कडि बनेको छ । ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सघाँउ पुगेको कतिपयको बिश्वास रहदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ