arrow

काँग्रेस प्यूठानको सभापतिमा भण्डारी विजयी

भण्डारी संस्थापन निकट

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
congress.jpg.jpeg.jpeg
प्यूठान। नेपाली काँग्रेस प्यूठानको जिल्ला सभापतिका लागि  आज भएको पुनःनिर्वाचनमा अम्मर प्रसाद भ‌‍ण्डारीले २४० मत ल्याई निर्वाचित भएका छन्। अर्का उमेद्वार शिव राज रिजालले भने १९५ मत मात्र ल्याएका छन्। भण्डारी संस्थापन निकट हुन्। 
 
त्यसैगरी सचिवमा देवेन्द्र वर्मा तथा कोषाध्यक्षमा धनेश्वर भण्डारी यस अधि नै निर्वाचित भएका थिए।
 
तेह्रौँ महाधिवेशनअन्तर्गत माघ २५ गते सम्पन्न भएको जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवारहरुले स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन गर्नुपरेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए।
 
नेपाली काँग्रेसको विधानअनुसार सभापति पदका लागि कुल मतदानको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ। यस अगाडि भएको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार तीनजना भएपछि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ