एजेन्सी। भारतका चर्चित फिल्म निर्देशक रामगोपाल वर्मा हट मुभी निर्माणमा लागेका छन्। हालै उनले बनाएर सार्वजनिक गरेको सिंगल एक्सको तस्विरले तहल्का मच्चाएको छ। सानो लगानीमा यस्ता फिल्म बनाएर धेरै आम्दानी गर्ने गरि अहिले भारतीय निर्देशक र निर्माताहरु सेक्ससँग जोडेर फिल्म बनाउन लागिपरेका छन्। वर्माको यो फिल्मलाई पनि यसैगरि जोडेर हेरिएको छ।
वर्माको फिल्ममा अझ धेरै वोल्ड दृश्य हुन सक्ने आँकलन उनको फिल्मका सार्वजनिक गरिएका पोष्टर हेरेर पनि अनुमान गरिएको छ। केहि दिन अघी पुजा भट्टले आगामी फिल्म जीस्म ३ अहिलेसम्मकै वोल्ड हुने बताएकी थिइन।