arrow

नवलपरासीमा मलेरिया रोगीको संक्रमण बढदै

logo
अंगद यादवर,
प्रकाशित २०७५ असोज १० बुधबार
health-camp.jpg

परासी। नवलपरासी पश्चिम जिल्ला भित्रमा अहिले सम्म ४ मलेरिया रोगी फेला परेका जिल्ला जन स्वस्थ्य कार्यालयले जनाएको छ। महिला रोगी दुई जना जसमा एक जना महिला गर्भवती, एक जना तीन बर्षिय बालक र एक जना सुनवल नगरपालिका स्थित सिमेन्ट उद्योगमा ज्याला गर्ने भारतीय नागरिक गरि कुल चार जना मलेरिया रोगी जिल्ला जन स्वास्थ्य मलेरिया इन्सपेक्टर गौरी शंकर प्रसादले बताएका छन।

जिल्ला जन स्वास्थ्यका मलेरिया इन्सपेक्टर गौरीशंकर प्रसादका अनुसार, हालको ३ महिनाको अवधिमा ४ जना मलेरिया रोगि पाइएको छ। जसमध्ये जिल्लाको सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउपालिकामा मलेरिया रोगीहरु भेटिएका छन्।

प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया रोग जाँच गर्ने टोली पठाएका थिए। प्रतापपुर गाउपालिकाको वडा नं ६ मा एक सय पाँच जनालाई जाँच गरिएको थियो।

आर्थिक बर्ष ०७४/०७५ मा नवलपरासी जिल्लाको पश्चिममा ७ जना र पुर्वीमा २१ जना गरि २८ जनामा मलेरिया रोगी भेटिएको थियो। हाल नवलपरासी पश्चिमको चार वटै स्थानीय तह मलेरिया रोगको उच्च जोखिममा परेको छ।

मलेरिया रोग सामान्यतया मानिसहरु र अन्य जनावरहरूमा संक्रमित एन्पहेल्स मच्छरको टोकाइबाट प्रसारित हुन्छ। बुखार, थकान, नली र सिरदर्द रोग जाडो लाग्नु मलेरिया रोगको सामान्य लक्षण हो। यदि रोग बढ्यो भने यस्तो रोगीहरु को छाला पीला हुन सक्छ यस्ता लक्षण देखिन साथ नजिकको स्वास्थ्य कार्यालयमा जाँच गराउनु पर्छ।

यो रोग बाट रोगीहरु मर्न सक्छन। यसबाट बच्नको लागि सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घरको वरपर खाल्डाखुल्डीमा पानी जम्न नदिने जस्ता उपाय गरियो भने यो रोग बच्न सकिन्छ जन स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ