arrow

वार्ताबाट भागेका छैनौँ कुरा मिले संयन्त्रमा जान्छौँः ठाकुर

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
Mahanta_Thakur.jpg.jpeg
काठमाडौँ। तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले राजनीतिक संयन्त्रको कार्यविधि र क्षेत्राधिकार प्रस्ट भएमा मोर्चा त्यसमा सहभागी हुन सक्ने बताएका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रमुख घटक तमलोपा अध्यक्ष ठाकुरले समझदारीमा संयन्त्रमा जान सकिने सङ्केत गरेका हुन् । सरकारले प्रदेश सीमाङ्कन लगायत विषय टुङ्गो लगाउन गत बिहीबार ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय एकतर्फी रहेको भन्दै मोर्चाले असहमति जनाउँदै आएको थियो । 
 
रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अध्यक्ष ठाकुरले भने–“राजनीतिक संयन्त्रको कतिपय कुरामा मोर्चाको समझदारी रहे पनि सरकारले एकतर्फी रुपमा संयन्त्र गठन गर्‍यो । संयन्त्रको कार्यविधिबारे कुरा मिल्यो भने हामी जान्छौँ ।” आफूहरुले वार्ता र संवादबाटै समस्या समाधान गर्न चाहेको उल्लेख गर्दै उहाँले माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने बताए। “हामी वार्ता र संवादको प्रक्रियाबाट भागेका छैनौँ । शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी छ, चाँडै मोर्चाको बैठक बसेर आन्दोलनका नयाँ कार्यक्रम ल्याउछौँ,”ठाकुरले सुनाए । 
 
एक प्रसङ्गमा ठाकुरले प्रधानमन्त्रीको भारत भ्रमण र भारतमा भएको सत्कार राम्रो भए पनि दुई देशबीच भएका सहमति र समझदारी सामान्य प्रकृतिको भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ