arrow

अखिलमा नविना प्यानलकै अग्रता कायम (अपडेट)

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
nabina-lama.jpg.jpeg
काठमाडौं। काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। शुक्रवार साँझबाट एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको मतगणना जारी छ। 
 
मतगणनाको पछिल्लो परीणाम अनुसार अध्यक्षमा नविना लामाले अग्रता कायमै राखेकी छन। महासचिवमा लामा प्यानलमा ऐन महरले दिपक गौतम समहुका अब्दुल हुसेन खाँसँग बराबरी गरेका छन्। नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन्। नविना लामाको २८१ र दिपक गौतमको पक्षमा २३४ मत परेको छ। 
 
यस्तै महासचिवमा लामा प्यानलका ऐन महरको २६१ र अब्दुल हुसेन खाँको पक्षमा २४७ मत परेको छ। लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्य २५९, शैलेश लामा २२७, महेस बर्तौलाले २४३ र सुनिता बरालले २१७ मत ल्याएका छन्। यस्तै गौतम पक्षबाट उपाध्यक्षमा उठेका जीवन राईले २२८, निलकण्ठ आचार्यले २०३, राधिका खतिवडाले २२८ र सरोज यादवले २२४मत ल्याएका छन्। 
 
सचिवमा लामा प्यानलबाट अमृत बुढाले २४४, समिक बडालले २६९, आरसी लामिछानेले २७५, कमला बोहराले २२३, मकर खड्का २५२, दुर्गानन्द ठाकूरले २२७ र वसन्त ढकालले १९२ मत ल्याएका छन्।  यस्तै गौतम प्यानलबाट सचिवमा वसिम आलमले २६५, सुदेश पराजुलीले २५२, आरती लामाले २७५, भक्तकुमारी लामाले २२३, भीम रावल १८४, गौतम राईले २३५ र अशेष घिमिरेले २०७ मत ल्याएका छन । कोषाध्यक्षमा लामा समुहकी झपेन्द खत्रीको २९२ मत रहेको छ भने गौतम समुहका कमल शाहीले २१२ मत ल्याएका छन्। शनिवार रातीसम्म परिणाम आउने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ