arrow

अर्जुननरसिंह केसीको नयाँ प्रस्तावः प्रभावशाली युवालाई नेतृत्वमा ल्याउँ

‘सबैको दाबी कायमै रहे म पनि सभापतिको उमेदवार’

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
arjun-narsingh.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वको दाबी सुरु भएको छ । कांग्रेसका मुख्य नेताहरुले आ आफ्नै दाबी गरिरहेका बेला प्रभावशाली नेता अर्जुननरसिंह केसीले भने पार्टीलाई एक ढिक्का बनाउन भन्दै नयाँ प्रस्ताव अगाडि ल्याएका छन् । हाम्राकुरा डटकमसँग कुरा गर्दै नेता केसीले पार्टीलाई मजबुद बनाउन प्रभावशाली युवालाई नेतृत्वमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । 
 
उनले बरिष्ठताको आधारमा पार्टीको नेताहरु मध्येबाट सभापति र संसदीय दलको नेता बनेर बाँकी पदाधिकारीमा सक्षम र प्रभावशाली युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याई गर्न नहुने बताए । उनले युवालाई नेतृत्वमा ल्याएर अहिलेको नेतृत्व तह सल्लाहकारको रुपमा केन्द्रीय सदस्य मात्र बस्न तयार हुनुपर्ने प्रस्ताव समेत गरेका छन् । उनले यस्तो भए मात्र नेपाली काँंग्रेस मजवुद बन्ने धारणा राखे । 
 
पार्टी सभापति स्वर्गीय सुशील कोइरालाको १२ औं पूण्य तीथिमा विभिन्न क्षेत्रबाट आएका कांग्रेस नेता-कार्यकर्ताहरुसँग समेत गरेको कुराकानी उल्लेख गर्दै नेता केसीले अधिकांश कार्यकर्ताहरुको भावना अहिले युवाको नेतृत्व नै रहेको उल्लेख गरे । उनले अब हुने स्थानीय निकायको निर्वाचन, मुलुक प्रादेशिक संरचनामा गैसकेको अवस्थामा त्यहाँ हुने निर्वाचनको सामना गर्न समेत कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताए । सबैले मान्ने गरि आफूले यो प्रस्ताव अघि ल्याएको उनले प्रष्ट पारे । 
 
नेता केसीले यदि आफ्नो प्रस्तावमा समर्थन जुट्न नसकेमा आफूले सुरुदेखि भन्दै आएको महामन्त्रीको उमेदवारबाट पछि नहट्ने बताए । नेता केसीले आफू पार्टी एकताको पक्षमा सदैव रहेको भन्दै नेताहरु पार्टी एक ढिक्का बनाउन तयार नभए आफू सभापतिको उमेदवार बन्न समेत पछि नपर्ने स्पष्ट पारे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ