arrow

प्रदेश राजधानीको ज्वरो बढ्यो, बिहीबारदेखि आमहड्तालको घोषणा, धनगढी तनावग्रस्त 

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ असोज ११ बिहिबार
banda4.jpg

धनगढी । प्रदेश नम्बर सातको प्रदेश स्थायी राजधानी र नामका बारे बिशेष सुझाव समितिले प्रतिबेदन प्रदेश सभालाई बुझाएको  विषयले धनगढी तनावग्रस्त बनेको छ।

प्रदेश सभाबाट गठन भएको विशेष सुझाव समितिले मंगलबार  प्रदेशसभामा प्रदेश नम्बर सातको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा राख्न सुझाव दिए पछि स्थायी राजधानी धनगढीमै हुनु पर्ने माग राख्दै बुधबारदेखि प्रदशर्न सुरु गरिएको छ । 

सोही विषयलाई लिएर धनगढीवासी आन्दोलित भएका छन्। करौँडौ लगानी लगाएर अस्थायी राजधानीलाई सार्ने कार्य उपयुक्त नभएको ठहर गर्दै धनगढी बासी आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनको अगुवाइ धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले गरिरहेका छन्।

प्रदर्शनकारीहरुले बुधबारको प्रदेशसभाको वैठक सुरु भएदेखि नै प्रदर्शन गरेर वैठक अवरुद्ध गर्न खोजिरहेका थिए ।  प्रदेशसभाको वैठकमा पनि सोही विषयमा छलफल चलिरहेको थियो । 

मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले स्थायी राजधानी र नामबारे सुझाव सहितको प्रतिवेदन टेबल गरेका थिए ।

प्रदेशको बिशेष समितिले प्रदेश राजधानीको नाम सुदुर पश्चिम र गोदावरी नगरपालिका ४ मा राजधानी बनाउने प्रस्ताव पेश गरे पछि धनगढीबासीहरु प्रदर्शनमा उत्रिएका छन ।  प्रदर्शनमा उत्रिएका धनगढीबासीले बिहिबारदेखि आमहडतालको घोषणा गरेका छन् । 

 धनगढीमा रहेका संरचनमा करोडौं लगानी गरेपछि राजधानी सार्ने गलत निर्णय भईरहेको भन्दै धनगढीमा आम हड्तालको घोषणा गरिएको हो। 

घना जंगल रहेको गोदावरीको उक्त स्थानमा राजधानी बनाउदा अर्बौको बजेट लाग्ने हुँदा उपयुक्त नभएको प्रदर्शनमा उत्रिएका धनगढीबासीहरुले बताएका छन् । 

उक्त स्थान चुरे क्षेत्रसंगै रहेकाले चुरे संरक्षणमा समेत असर पर्ने हुँदा राजधानी पुर्वाधार सम्पन्न धनगढीनै उपयुक्त हुने धनगढीबासीहरु बताउँछन् । 

धनगढीवासीहरुले बुधबार प्रेस विज्ञप्ती निकाल्दै बिहीबारदेखि आम हड्तालको घोषणा गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ