arrow

अबको आन्दोलन राजधानी केन्द्रित : अध्यक्ष यादव

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
upendra-yadav-600x0.jpg.jpeg
लहान । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अबको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन्  । सङ्घीय समाजवादी फोरम नेपालद्वारा  सिरहाको नरहामा आयोजित कार्यक्रममा यादवले विगत छ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगित गरेर आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । 
 
आन्दोलनको स्वरुप मात्र परिवर्तन गर्दा राज्यले नै आन्दोलन तुहिएको भनेर गलत अफवाह फैलाएको आरोप लगाउँदै अध्यक्ष  यादवले अब केही दिनभित्रै काठमाडौँबाट आन्दोलनको सुरुवात गरिने बताए  । काठमाडौँ केन्द्रित आन्दोलनमा हिमाल, पहाड, तराईलगायतका हरेक कुनाका उत्पीडित जनताले साथ दिने विश्वास राखे  । सो अवसरमा अध्यक्ष यादवले विभिन्न पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ