arrow

स्थानीय कर व्यवस्थित बनाउने विषयमा छलफल

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
tttttttttt.jpg.jpeg
घोराही । स्थानीय स्तरमा लगाईदै आएको दोहोरो करले व्यवसायीहरु मारमा परेको विषयमा दाङ जिल्ला उद्योग वाणीज्य संघले छलफल गरेको छ । स्थानीय करको दोहोरो मारमा व्यवशायीहरु पर्न थालेको गुनासो आएपछि संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिसँग आज छलफल गरेको हो ।
 
 विभिन्न जिल्लाका व्यवसायीहरु दाङ भएर सामान ओसारपसार गर्ने क्रममा ठेकेदारहरुबाट अनावश्यक कर लिएको गुनासो आएकाले यस विषयमा आज संघले घोराहीमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ । सुर्खेत, प्यूठान, रोल्पा, रुकुम, सल्यान लगायत विभिन्न जिल्लाहरुमा सामान ओसारपसार गर्दा स्थानीय करको जिम्मा लिएको ठेकेदार कम्पनीले व्यवसायीबाट दोहोरो कर लिन थालेको गुनासो मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणीज्य संघले पनि विज्ञप्ती निकालिसकेकाले प्रशासन र जिविस एव. व्यवसायीहरुसँग छलफल छलफल गरिएको उद्योग वाणीज्य संघका महासचिव दिपक सुवेदीले जानकारी दिए ।
 
 जिल्ला विकास समितिबाट सिफारिस लिएका ठेकेदारहरुले जिल्लाको कालाकाटे, राम्री, बगाले, एमेलिया, जुरेली लगायतका स्थानहरुमा अन्य जिल्लामा उत्पादित सामाग्रीको अनाधिकृत रुपमा कर असुलेको गुनासो सहित मध्यमाश्चिम क्षेत्रीय उद्योग वाणीज्य संघले यस अघी विज्ञप्ती निकालिसकेको छ ।
 
उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडेको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी भरत बुढाथोकीको प्रमुख आतिथ्य र स्थानीय विकास अधिकारी रमेश गौतमको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । तुल्सीपुर उद्योग वाणीज्य संघ, उद्योग वाणीज्य संघ रोल्पा, उद्योग वाणीज्य संघ प्यूठान लगायतका उद्योग वाणीज्य संघका पदाधिकारीहरुको उवस्थितिमा भएको छलफलले व्यवसायीहरुको गुनासोलाई सम्वोधन गर्नकालागी उद्योग वाणीज्य संघले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिसँग समन्वय गरेर जाने निर्णय गरेको छ ।
 
 यस्तै दाङमा उत्पादित बस्तु जिल्ला बाहिर निकासा गर्दा जिविस दाङले लिने स्थानीय करको दररेट विवरणको जानकारी दिनकालागी ठेकेदारले कर लिने स्थानमा होडिङ बोर्ड राख्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ