arrow

नेपाली कांग्रेस रामेछापको सभापतिमा न्यैपाने विजयी

logo
बद्री नयाँघरे,
प्रकाशित २०७२ फागुन ८ शनिबार
congress.jpg.jpeg.jpeg
रामेछाप । नेपाली कांग्रेस रामेछापको शनिवार मन्थलीमा  सभापतिका लागि सम्पन्न निर्बाचनमा लबश्री न्यौपाने विजयी भएका छन् । न्यौपानेले अर्का उमेद्वार अर्जुन कुमार केशी लाई ३३ मतको अन्तरले पराजित गरेका हुन् । कुल खसको ५ सय ९४ मत मध्ये न्यैपानेले ३ सय १० मत र केशी ले २ सय ७७ मत प्राप्त गरेका थिए भने ७ मत बदर भएको थियो । 
 
यस अघि माघ २५ गते भएको जिल्ला अधिबेशनको निर्बाचनमा लबश्री न्यौपाने, अर्जुन केशी र कृष्ण बहादुर महत विच भएको प्रतिस्पर्धामा कुनै उमेद्वारलेपनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुःन शनिबार मतदान भएको हो । नबनिर्बाचित सभापति न्यौपानेले २०३५ सालबाट नेपालीकाग्रेसको राजनितिक यात्रा आरम्भ गरेका थिए ।
 
उनले २०३५ साल पछि नेपाल विद्यार्थी संघ पार्टिको गाउ इकाई देखि क्षेत्र जिल्ला हुँदै नेपाल किसान संघको केन्द्रिय महासचिब समेत हुने अबसर यस अघिनै प्राप्त गरिसकेका छन ।उनी रामेछाप काँग्रेसको राजनितिमा त्यागि  र समर्पित नेताका रुपमा परिचित छन् ।उनका लागि नब निर्बाचित सभापति पद अबसर र चुनौति दुबै भएकोले यसलाई ब्यवस्थापन गर्दै सबैथरी नेता तथा कार्यकर्ताहरुलाई समेटेर लैजानुपर्ने मुख्य चुनौति पनि उत्तिकै रहेको कार्यकर्ताहरुले बताएका छन । 
 
यसैविच नब निर्बाचित सभापति न्यौपानेले बिजय भएपछि आफुले  नेपाली काग्रेसको  संगठन लाई चुस्त दुरुस्त बनाउने, कार्यकर्ताको भावना अनुरुप काम गर्ने र निकट भविश्यमा हुने भनिएको स्थानीय निर्बाचनमा नेपाली काग्रेसलाई बहुमत पुरयाउन  आफ्नो पहल हुने योजना सार्बजनिक गरेका थिए ।  सुशिल कोइरालाको निधन सँगै रोकिएको रामेछाप काँग्रेसमा सभापति बाहेकका सबै पदहरुको निर्बाचिन यस अघिनै भइसकेको थियो । 
  
 
 



नयाँ