१८ वर्षसम्म अलपत्र बाहिरी चक्रपथ निर्माण कसरी हुन्छ ? (अन्तर्वार्ता) 

प्रकाशित मिति : २०७५ असोज ११ बिहिबार

२०५७ मा बाहिरी चक्रपथ निर्माणको अवधारणा बनेर सम्भाव्यता अध्ययन सुरु भयो । १८ वर्ष पुरानो आयोजना अहिले आएर अन्योलमा परेको छ । यतिसम्म कि एक अरब खर्चिइसकेपछि डिपीआर रद्द हुन लागेको पनि भनिदै छ  । यही विषयमा हामीले बाहिरी चक्रपथका जानकार ध्रुब सापकोटासँग हामीले कुरा गरेका छौँ । 

० १८ वर्षपछि चक्रपथ निर्माण अन्योलमा भनेर हामीले यो के सुन्नु परेको ?
–त्यस्तो अन्योल छैन । लगभग जनताबाट सहमति भइसकेको छ । हामीले त्यति धेरै निरासा मान्नु पर्ने अवस्था छैन । माननीय मन्त्रीज्यू यसमा निकै लागि पर्नु भएको छ । माफियाको चलखेल भएको भन्ने कुराहरु आएपछि मन्त्रीज्यूले फेरि अध्ययनको कुरा गर्नु भएको हो । यसबाट दीर्घकालीन असर पर्ने र बन्दैन भन्ने स्थिति छैन । मन्त्रिपरिषदबाट पनि स्वीकृत भइसक्यो क्यारे । कार्यान्वयन फेजमा आइसकेको छ, यो । अहिले मन्त्रीज्यू नयाँ भएका कारण केही बुझ्न खोज्नु भा मात्रै हो । त्यस्तो अफ्ठयारो छैन बन्छ । 

० चिन्ता गर्नु पर्ने कारण छैन ? 
–छैन । 

० चिन्ता गर्नु पर्दैन र पक्का बन्छ, लयमै छ, भन्ने आधार के छ ? 
–यस्तो छ, बन्नै नसक्ने स्थिति छैन । केही हल्का अलान्समेन्टहरु संशोधन हुन्छन् । भन्ने कुरा हो त्यो । त्यसमा ५० मिटरको अलाइन दायाँ बाँया सय डेढसय मिटिर सार्ने भन्ने कुरा हो । आयोजना क्षेत्र लगभग त्यही समावेश गरेर हामी जाने हो । त्यसो भएपछि अन्योलको वातावरण हुँदैन । डीपीआर संशोधन कसरी हुन्छ, भन्नु होला भने पहिले बनाएका डीपीआरपछि कतिपय घर बनिसकेका छन् । ति घरहरुबाट पुरानो प्लानिङ अलिकति चेन्ज हुन्छ, हल्का । त्यति मात्रै हो । अरु केही चेन्ज हुँदैन । 

० डीपीआर रद्द हुन लागेको भन्ने कुरा पनि आयो, त्यसो हो र ? 
–डीपीआर रद्द भनेको के हो भने, पहिला घरको नक्सा पास गरिसकेपछि भित्र घरको आन्तरिक समस्याहरु आउँदा केही संरचना फेरबदल हुन्छ नि । त्यस्तै मात्रै हो । पूरै डीपीआर रद्द गर्दा त हामी फेरि १२ वर्षपछि जान्छौँ । १२ वर्ष पछि जानु भनेको त कस्तो हो भने, उही छोरो एसएलसी पास गर्दा पास हुँदैन छोरो मारेर फेरि अर्को जन्माउँछु र एसएलसी पास हुन्छ भन्दा आफू बुढो भइसकेको हुन्छ भनेको जस्तै हो । 

० अनि के, परिमार्जन गर्न खोजिएको हो ? 
–हल्का परिमार्जन हुने हो । पूरै रद्द गरेर अर्को डीपीआर बनाउने होइन । त्यो गर्दाखेरी असम्भव हुन्छ । हामी फेरि १२ वर्षपछि फर्कियौँ भनेदेखि त हुँदैन । जहाँ आइपुगेका छौँ, त्यहीँबाट थालनी गर्दै जानु पर्छ । हल्का संशोधन भनेको भइहाल्छ । किन भने त्यो, काम गर्दै जाँदा हामी संशोधन प्रस्ताव पेश गर्दै जान्छौँ । हल्का संशोधन हुन्छ । भाइटल रुपमा पोलिसिगत रुपमा संशोधन हुँदैन । 

० किन संशोधन गर्नु पर्ने डीपीआर ? 
–हल्का संशोधन मात्रै हो । काम गर्दै जाँदाखेरी सामान्य अलाइन्समेन्ट भनेको बाटोको केही क्षेत्रहरु संशोधन गर्दै जानुपर्छ ।

० घटाउनु पर्‍यो ? 
–घटाउनु परेन । अलाइन्समेन्ट दायाँ र बाँया परिवर्तन मात्रै हुन्छ । 

० त्यो घट्न चैँ घट्दैन ? 
–घट्दैन । आयोजना क्षेत्र त्यस्तै हुन्छ । त्यसमा के छ, भने बनाउँदै जाँदा केही परिवर्त हुँदै जाने हो । 

० के बढी आकर्षक बनाउन खोजिएको हो ? 
–समय सान्दर्भिक बनाउन खोजिएको हो । पहिले हामीले जग्गा रोक्का गरेको थिएन । कित्ताकाट रोक्का गरिएको थिएन । त्यो कारणले गर्दा केही घरहरु बने र केही कित्ताकाटहरु बढी भए । त्यही कारण मात्रै संशोधन गर्नु परेको हो । अरु केही होइन । 

० भनेको त्यो बाटोभित्र पर्ने घरहरु हटाउन नसकिने स्थिति हो ? 
–घरहरु हटाउँदा लार्जस्केलमा बनिसकेका घरहरु भत्काउँदा खेरी हामीलाई असर पर्छ । किन भने, पब्लिकलाई ठूलो मुआब्जा दिनुपर्छ । फेरि पब्लिकमा नेगेटिभिटी सिर्जना भएर विरोध आउँछ । विरोध आएकै कारण अहिलेसम्म बन्न नसकेको हो । 

० पहिलेको डीपीआर अनुसार बनाउने भनिएको क्षेत्रमा ठूल–ठूला घरहरु बने ? 
– हो हो । 

० त्यो घरहरु हटाउन खोज्दा लागत बढ्न जान्छ ? 
–लागत पनि बढ्न जाने भयो । अनि जनतामा विरोध पनि आउने भयो । आफ्नो बनिसकेको घर भत्काइँदिदा नैराश्य पनि बढ्न जान्छ । पैँसा दिएर भत्काएपनि आफूले बनाएको घर भत्कँदा पब्लिकमा नैराश्य आउँछ । त्यो एउटा कुरा हो । दोस्रो कुरा राज्यलाई भार पनि बढ्छ । त्यो कारणले । 

० सबैतिरबाट जोगिनु पर्ने भो ? 
– हजुर । 

० पैसाको हिसाबले पनि जोगिनु पर्ने भो, विरोधबाट पनि जोगिनु पर्ने भो ? 
–पैँसा त नोक्सान पर्दैन । हामीले गर्न सक्छौँ । लगभग १० हजार रोपनी जग्गा हामीले सित्तै बाहिरी चक्रपथलाई मागेका छौँ । उहाँहरु दिन तयार हुनुहुन्छ । यो नै ठूलो एचिभमेन्ट हो । जनु बेला तयार भएको छ, त्यो बेला अगाडि बढाउन सकिएन भने आफ्नो कमजोरी हो । राज्य यसमा सशक्त रुपमा लाग्नु पर्छ । लगभग तयार पनि भइसकेको छ । मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको प्रस्ताव हो । बनेन भने राज्यकै लागि नोक्सान हो । 

० समस्या के मा हो खासमा ? जग्गा अधिग्रहणमा वा अरु ? 
–जग्गा प्राप्ति र जग्गा अधिग्रहण २०३४ छुटेको हो । छुटेको पुनः प्रस्ताव लगेपछि ६.६ किलोमिटरको टुंगो लाग्यो । बाँकि रहेका क्षेत्रको पनि अगाडि प्रोसेस लैजाँदाखेरी यसले एकदमै सहजता लिन्छ । 

० पूरानो डीपीआर भएन भन्ने कुरा पनि आए, त्यसमा केही खोट छ ? 
–केही केही मजोरी त हुन्छन् । कमिकजोरी मूल विषय भन्दा पनि त्यसलाई सुधार गर्दै लैजाने हो । सबै कम्पलिट त हुँदैन नि सर । ठूला मेजर कमजोरीहरु छैनन् । 

० त्यत्रो ८० करोड खर्च गरेको डीपीआर पनि अपुरो हुँदो रहेछ ?
–अपुरो भनेर त्यस्तो अपुरो होइन । कार्यान्वयन फेजमा ढिलाभइसकेपछि अपुरो भन्ने सन्देश जान्छ । किन भने, पहिला जग्गा रोक्का गरेर डीपीआर बनाएको भए त्यो समस्या हुँदैन थियो । पहिला जग्गा रोक्का नगरेर डीपीआर तयार भयो । डीपीआर पनि ६५ मा तयार भएको छ । ०६५ मा तयार भएको डीपीआर अहिले आएर कार्यान्वयन फेजमा लैजाँदा १० वर्ष ग्याप बस्यो । ग्याप बसेपछि जनताको जग्गा पनि रोक्का भा छैन । अफिसमा कागजमा डीपीआर मात्रै बनाइयो । त्यही कारणले समस्या आएको हो सर ।

० समस्या छैन उसो भए ? 
– केही क्षेत्रमा अलाइन्समेन्ट चेन्ज हुन्छ । केही क्षेत्रमा पोलिसी पनि चेन्ज हुन्छ । जहाँ बाक्लो र घना बस्ती छ । बस्ती नै उठाउनु पर्‍यो भने पूर्ण अधिग्रहण गर्नु पर्ने हुन्छ । त्यो कारणले हल्का संशोधन गर्नु पर्छ । 

० त्यो संशोधन विदेशी कम्पनीले गर्ने कि हामी आफै गर्न सक्छौँ ? 
–हामीले पनि गर्न सक्छौँ नसक्ने होइन । अलिक तदारुकता भने चिनियाँ कम्पनीले देखाएका छन् । उसलाई दुबै डीपीआर संशोधनसहित काम गर भनेर दिने हो । 

० चिनियाँ कम्पनीको अलिक बढी प्रस्ताब आइरहेको छ रे हो ? 
–यस्तो छ, कतिपय कुराहरु पोलिसिगत रुपमा सुरु नभई अघि बढेका पनि छन् । चिनियाँ कम्पनीले बाहिरी चक्रपथ मात्रै बनाउने हो । अरु प्लानिङ पक्रियामा उसले सघाउने होइन । हामीले दिएको अलाइन्समेन्टमा बाहिरी चक्रपथ र बाँकी रहेका पुलहरु निर्माण गर्ने हो । 

० डीपीआर सुधारर्ने अथवा संशोधन गर्नेले पैँसा लिन्छ कि लिँदैन ? 
–पैँसा थोरै लाग्छ । सुधार गर्दा हामी बाटो बनाउँदै सुधारर्दै जाने हो । डीपीआर पुरै संशोधन गरेर फेरि अर्को अलाइन्समेन्ट गर्न लाग्यौँ भने फेरि १२ वर्ष पछि गइन्छ । जनता पनि विरोधमा उत्रिन्छन् । 

० तपाइले भनेको कुरा मन्त्रीसँग बाझियो त, उहाँले त डीपीआर सित्तैमा संशोधन वा सुधार हुन्छ भनिरहनु भएको छ, मन्त्रीज्यूले ? 
–मन्त्री ज्यूले भनेको कुरा के छ , भने अघि मैले पनि भने बनाउँदै जादा डीपीआर अटोमेटिक संशोधन हुँदै जान्छ । काम गर्दै जाने सुधार गर्दै जाने हो । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ