arrow

सुशिल कोइराला मुलुकका महान नेता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ फागुन ८ शनिबार
syanga-congress.jpg.jpeg
स्याङ्जा । नेपाली काँग्रेसका सभापति स्वर्गिय सुशिल कोइराला मुलुकका महान नेताका रुपमा रहेको एक कार्यक्रममा स्मरण गरिएको छ । राणा देखि प्रजातन्त्र र लोकतन्त्र देखि गणतन्त्र सम्मको यात्रामा आफ्नो सबै जीवन मुलुकका लागि सर्मपण गरेका स्वर्गिय सभापति कोइराला मुलुकको महान नेताका रुपमा गह्रण गर्नुपर्ने बिषयमा स्मरण गरिएको हो । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २, वालिङ नगर समिति र काँग्रेसका भातृसंगठनले गरेको कोइरालाको १२ औं श्रदाञ्जली सभामा काँग्रेसका नेता तथा कार्यकर्ताहरुले देश र जनताका लागि सभापति कोइरालाले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो । 
 
उक्त श्रदाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङ्ले मान्छे जन्मेपछि मृत्यु अजम्वरी रहेको उल्लेख गर्दै नेता गुरुङ्ले मान्छेको मृत्युपछि हुने गुण र अवगुण वारे स्मरण गरे । काँग्रेसमा लागेर केही पाइदैन भन्ने उदाहरणका रुपमा सुशिल कोइरालालाई हेर्न पनि नेता गुरुङ्ले कार्यकर्ताहरुलाई आग्रह गरे । सानो उमेरमा राजनीतिमा प्रवेश गरेको कोइराला मुलुकका लागि पिए बाट पिएम सम्म बन्न सफल भएको व्याक्तिका रुपमा चिन्न पनि नेता गुरुङ्ले सुझाए । राजनीतिमा धैर्यताको खाँचो छ नेता गुरुङ्ले भने,“जो सुशिल कोइराला सगँ थियो हामीले त्यही धैर्यता सिक्नुछ ।” मुलुकका हरेक परिवर्तनका लडाइमा सहभागि जनाएका कोइराला हामीबाट विदा भएपनि उनले देखाएको बाटोलाई अवको काँग्रेसले अवलम्वन गर्नुपर्ने गुरुङ्ले औल्याए । 
 
मुलुकलाई बनाउनकै निम्ति सदगी जिवन निर्वाह गरेका सुशिल कोइरालाबाट भष्ट्रचार, निष्ठाको राजनीति र धैयताको राजनीति अवको काँग्रेसले सिक्नुपर्ने औल्याउदै कुनै गुट—उपगुटको राजनीतिबाट टाढा रहेर एकताको काँग्रेस निर्माण गरे मात्रै कोइराला प्रति गरिएको सम्मान सार्थक हुने गुरुङ्ले बताए । नेपालको इतिहासमा संविधान निर्माणका नायक बनेर कोइराला विदाई भएको स्मरण गर्दै व्यवस्थापिका सांसद समेत रहेका गुरुङ्ले संविधान कार्यन्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । श्रदाञ्जली सभामा नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा व्यवस्थापिका सांसद कमलप्रसाद पंगेनीले पार्टीमा सक्रिय हुदाहुदै मृत्युवरण गर्न पुगेका पार्टी सभापति सुशिलकोइरालाको निधनले पार्टीमा ठुलो क्षती भएको बताए । 
 
पुर्व पार्टी सभापति तथा महासमिति सदस्य खगेन्द्रराज रेग्मीले पछिल्लो समय काँग्रेसमा देखिएको गुट—उपगुटको राजनीतिले काँग्रेसमा अनिष्ट हुन्छकी भन्ने आशंका देखिएको उल्लेख गरे । राष्ट्र, लोकतन्त्र र पाटीमा भविष्य जोडिएको हुन्छ स्याङ्जा काँग्रेसका अभिभावक समेत रहेका रेग्मीले भने,“नयाँ खालको सोचबाट चिन्तन गर्न नसकिएमा पार्टी अनिष्ट हुन सक्छ यसका लागि आरोप पत्यारोप भन्दा पनि सकरात्मक हुनुपर्छ ।” यस्तो बाटो अवलम्वन गर्न सकेनौ भने कोइरालाको श्रदाञ्जली अपुरो हुने रेग्मीको कथन थियो ।  श्रदाञ्जली सभामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, भातृसंगठन, शुभेच्छुक संघसंठन लगायतको सहभागिता रहेको कार्यक्रमको सभापतित्व क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्यालले गरेका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ