arrow

अनिल झाका छोरा उज्जवल दिल्लीमा पक्राउ

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
qq.jpg.jpeg
बीरगंज। भारतको ६ दिने भ्रमण गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित इन्दिरा गाँधी विमानस्थलबाट जाने क्रममा मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए। प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई दिल्ली पुग्न साथ कालो झण्डा देखाउनु साथै दिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको शुभकामना कार्यक्रममा सम्बोधन गर्न जाँदा समेत प्रधानमन्त्रीलाई दुतावासकै अगाडी मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाई कडा विरोध गरेका थिए।
 
सोही क्रममा नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाको छोरा उज्जवल झा सहित दुई दर्जन मधेसी विद्यार्थीहरुलाई त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए। पक्राउ पर्नेमा विकास मिश्रा, संजय यादव, प्रवीण कर्ण, सूर्यकिरण यादव, अभिषेक मिश्रा लगायतको विद्यार्थी नेताहरुलाई दिल्ली पुलिसले पक्राउ गरि आफ्नो हिरासतमा राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ