arrow

केपी शर्मा ओलीको अमेरिकामै चर्को विरोध 

‘निर्मलाका हत्यारालाई फाँसी दे’

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
oli-birodh.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अमेरिकामै नारा लागेको छ । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका हुन् । 

नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै अमेरिकामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् ।  

सहभागी नेपालीहरुले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । 

नेपालमा बढेको बलात्कार र हत्याविरुद्ध उनीहरु खरो भएर उत्रिएका थिए । उनीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका छन् । 

ओलीले निर्मलाका हत्यारालाई कार्वाही गर्न माग गर्दा प्रमुख प्रतिपक्षी काँग्रेस विरुद्ध खनिएका थिए । उनले अनावश्यक राजनीति गर्न खोजिएको आरोपसमेत लगाएका थिए । सानो विषयमा काँग्रेस छिर्यो पनि भनेका थिए । काँग्रेसले मुद्धा पाएनछ पनि भनेका थिए । 

तर त्यही सानो भनिएको मुद्धामा नेकपा नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगिसकेको छ । प्रतिनिधिपात्र निर्मला भए पनि अहिलेस्म्म उनको हत्या भएको दुई महिना नाघ्दासमेत अपराधी पक्राउ परेको छैन । 

मिलेमतोमा संलग्न रहेको आशंकामा ६ प्रहरी निलम्बित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ