arrow

दाङ कांग्रेस सभापतिमा खड्का विजयी

logo
शरद रेग्मी,
प्रकाशित २०७२ फागुन ८ शनिबार
33333.jpg.jpeg
दाङ ।नेपाली कांग्रेस दाङको सभापतिमा किर्तीबहादुर खड्का निर्वाचित भएका छन् । १३ औँ अधिवेशन अन्तरगत आज शनिवार भएको निर्वाचनमा प्रतिद्धन्द्धी कमलकिशोर घिमिरेलाई ५५ मतले पछि पार्दै खड्का सभापतिमा निर्वाचित भएका हुन्  । निर्वाचनमा खड्काले ३ सय ४० र घिमिरेले २ सय ८५ मत ल्याएका हुन् । शुक्रबार भएको निर्वाचनमा विधान अनुसार बहुमत  ल्याउन नसकेपछि सभापति चयनका लागि शनिवार फेरी खड्का र घिमिरे बिच चुनावी प्रतिस्पर्धा भएको हो । सभापतिमा निर्बाचित भएपछि नवनिर्वाचित सभापति खड्काले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाउने र सबैको भावना अनुसार काम गर्ने बताए । आफ्नो बिजय नै सिंगो कांग्रेसको बिजयी भएको खड्काको भनाई रहेको छ । 
 
निर्वाचनमा हार व्यहोरेका नेताहरुलाई पनि साथमा लिएर जिम्मेवार र गतिशिल पार्टी बनाउने खड्काले प्रतिबद्धता व्यक्त गरे । सबै तह र तप्काका नेता कार्यकर्ताहरु सँग सुझाबहरु संकलन गर्दै दाङ कांग्रेसलाई गतिशिल र जिम्मेवार बनाउने खड्काले बताए । सभापतिमा खड्का बिजयी भएपछि कार्यकर्ताहरुले खुसीयालीमा नारा लगाउदै पार्टी कार्यालयबाट खड्कालाई सिटि गार्डेन होटलमा पुर्‍याएका थिए ।त्यसैगरी काग्रेस दाङको सचिवमा शंकर डागि र कोषाध्यक्ष पदमा सावित्रा राना शुक्रबार नै  विजयी हुनु भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ