arrow

अखिलमा नविनाको अग्रता कायमै; पदाधिकारीहरुमा मिश्रीत अग्रता(अपडेट)

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
nabina-lama.jpg.jpeg
काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। शुक्रवार साँझबाट एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको मतगणना शनिवार रातीसम्म जारी छ। 
 
मतगणनाको पछिल्लो परीणाम अनुसार अध्यक्षमा नविना लामाले अग्रता कायमै राखेकी छन। महासचिवमा लामा प्यानलका ऐन महरले दिपक गौतम समहुका अब्दुल हुसेन खाँलाई पछाडी पारेका छन्। पदाधिकारीहरुमा भने दुबै समुहका मिश्रीत व्यक्तिहरु अगाडी भएनपि बहुमत भने लामा पक्षकै अगाडी रहेका छन्। नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन्। पछिल्लो मतगणना अनुसार लामाले गौतमलाई सय भन्दा बढी मतले पछि पारेकी छन्। नविना लामाले ४६२ ल्याउँदा दिपक गौतमले ३५४ मत प्राप्त गरेका छन्। 
 
यस्तै महासचिवमा लामा प्यानलका ऐन महरको ४५३ र अब्दुल हुसेन खाँको पक्षमा ३५२ मत परेको छ। महरले पनि सय मतको अग्रता लिएका छन्। लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्य ४०५, शैलेश लामा ३६१, महेस बर्तौलाले ४२५ र सुनिता बरालले ३७५ मत ल्याएका छन्। यस्तै गौतम पक्षबाट उपाध्यक्षमा उठेका जीवन राईले २९६, निलकण्ठ आचार्यले २८८, राधिका खतिवडाले ३५२ र सरोज यादवले ३४० मत ल्याएका छन्। 
 
सचिवमा लामा प्यानलबाट अमृत बुढाले ३६४, समिक बडालले ३८८, आरसी लामिछानेले ३७९, कमला बोहराले ३४९, मकर खड्का ३५९, दुर्गानन्द ठाकूरले ३४७ र वसन्त ढकालले २८१ मत ल्याएका छन्।  यस्तै गौतम प्यानलबाट सचिवमा वसिम आलमले ३४३, सुदेश पराजुलीले ३३३, आरती लामाले ३५८, भक्तकुमारी लामाले ३०१, भीम रावलले २४३, गौतम राईले ३०४ र अशेष घिमिरेले २८९ मत ल्याएका छन । कोषाध्यक्षमा लामा समुहकी झपेन्द खत्रीको ४०७ मत रहेको छ भने गौतम समुहका कमल शाहीले २९५ मत ल्याएका छन्। 
 
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि बुधबार राती भएको मतदानमा १५ सय २० मत खसेको छ। १५ सय ९७ प्रतिनिधिमध्ये ७७ मत खसेको थिएन। मतगणनाको प्रवृती हेर्दा परिणाम आउन आइतवार विहानसम्म लाग्न सक्ने बताइएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ