arrow

सुमन भोम्जन गोल्डकप फुटबल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीको पोल्टामा

logo
सुनिल शिवाकोटी।
प्रकाशित २०७२ फागुन ८ शनिबार
suman-bhomjan-memorial-cup.jpg.jpeg
हेटौँडा। हेटौंडामा भएको सुमन भोम्जन अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करण लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीको पोल्टामा परेको छ। खचाखच दर्शकका विच हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको फाइनलमा नेपाल आर्मीलाई टाईब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै नगद तीन लाख रुपियाँ र ट्रफी सहित गोल्ड कपमा मनाङ मस्र्याङ्दीले कब्जा जमाएको हो। 
 
साग फुटबल विजेता खेलाडीहरु नवयुग श्रेष्ठ, बिराज मर्हजन, विकाश थुजु सहित मैदानमा उर्तेका मनाङ मस्र्याङ्दी र नेपाल आर्मीको दुवै पक्षबाट निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसक्दा खेल २० मिनेटको अतिरक्त समय थप गरी खेलाइए पनि दुवै पक्षबाट पुःन गोल हुन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो। 
 
टाईब्रेकरमा मनाङको जितमा अनिल गुरुङ, अफ्रिकन खेलाडी आदामा सिसको र बालो मौसा तथा सुजल श्रेष्ठले जाली चुमाएका थिए। यता आर्मीका लागी एक मात्र गोल जितेन्द्र कार्कीले गरे भने हिरण्य मगर सन्तोष तामाङको प्रहार आकासिएको थियो। उपविजेता हुँदै नेपाल आर्मीले एकलाख ५० रुपियाँ र ट्रफीमा चित्त बुझाएको छ।
 
गोल्डकप फुटबलको सर्वोत्कृष्ट खेलाडी मनाङ मस्र्याङ्दीका ओलावा भए। सर्वोत्कृष्ट भएसँगै ओलावाले नगद ३० हजार प्राप्त गरे। खेलमा सर्वोत्कृष्ट, क्रमश गोलरक्षकमा मनाङ मस्र्याङ्दीका किरण चेम्जुङ, डिफेन्डरमा नेपाल आर्मीका जितेन्द्र कार्की, मिडफिल्डरमा नेपाल आर्मीकै टंक बस्नेत, फर्वाडमा मनाङ मस्र्याङ्दीका अनिल गुरुङ र कोचमा मनाङ मस्र्याङ्दीका छिरीङ लोप्चन भए। सर्वोत्कृष्ट, क्रमश गोलरक्षक, डिफेन्डर ,मिडफिल्डर, फर्वाडले नगद १० हजार प्राप्त गरेका छन। विजेता तथा उपविजेता टिमलाई उप–प्रधान तथा महिला बालवालिका मन्त्री सिपी मैनालीले पुरस्कार वितरण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ