arrow

वन क्षेत्र मासेर राजधानी बनाउने प्रदेश सभाको निर्णय विरुद्ध धनगढीमा आम हडताल

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असोज १३ शनिबार
dhangadi-banda1.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी स्थित तेघरी चुरेसंग जोडिएको  जंगलमा  तोकिएपछि वन सम्पदा मासेर राजधानी बनाउन नहुने भन्दै  धनगढीमा शनिबारदेखि आमहड्ताल सुरु गरिएको छ ।

बन्दकर्ताले शनिवार बिहानैदेखि धनगढी बजार बन्द गराएका छन् । बन्दका कारण जनजीवन कष्टकर बनेको छ । यातायात, बजार पूर्णरुपमा बन्द गरिएका छन् भने बजारमा अटो रिक्सा समेत चल्नमा कडाइ गरेका छन् । बन्दकर्ता विभिन्न चोकचोकमा जम्मा भएर नाराबाजी गरिरहेका छन् ।

प्रदेश राजधानी उक्त क्षेत्रमा सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै प्रदेश सरकारको धनगढीमा व्यापक आलोचना गरिएको छ ।

धनगढी बजार पुरै बन्द गरिएको छ । ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन्। बिहानै केही सार्वजनिक सवारी साधान चले पनि ९ बजेदेखि ठाउँ–ठाउँमा बन्दकर्ता भेला भएर सवारी रोकिरहेका छन ।

शुक्रबार अपरान्ह विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुसँग छलफल नै नगरी, बाहिर भइरहेको आन्दोलनको परवाह नै नगरी प्रस्ताव पास गरिएको आरोप लगाएको छ ।

प्रदेशसभाको दुई तिहाई बहुमतले शुक्रबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने निर्णय पारित गरेको थियो ।

प्रदेश सभामा दर्ता भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व, गोदावरी बजारदेखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ